कीवर्डहरू -

जीमेलमा अब मेल खोज्न सहज हुने 

जीमेलमा अब मेल खोज्न सहज हुने 

अब जीमेलमा मेल खोज्न सहज हुने भएको छ । जीमेलमा आएको नयाँ फिचरले जीमेलमा रहको कुनै पनि कीवर्डको मद्दतले मेल खोज्न सकिनेछ ।

यसलाई गूगलले एलीयास भनेको छ र एलीयास भित्र मेलमा आएको कम्पनीको नाम, ठेगाना, सब्सिडरी जस्ता जानकारीहरु पर्ने गर्दछन् ।

गूगलले सर्चको परिणाम दिदाँ टू ,फ्रम, सीसी र बीसीसीबाट खोजेर दिनेछ । यसले गर्दा कुनै पनि जीमेल खोज्न अझै सहज हुनेछ र प्रयोगकर्ताले खोजे झैँ जानकारी पाउन सक्नेछन् ।

यो फिचर विभिन्न इनबक्स सेक्सनका लागी काम लाग्ने छ । कुनै एउटा कुरा मात्रै खोज्नु परेमा त्यसलाई उद्धरण चिन्ह भित्र राखेर सर्च बक्समा खोज्न सकिन्छ ।

यो फिचर सबै प्रयोगकर्ताका लागी उपलब्ध छ र यसका लागी प्रयोगकर्ताले सेटिङ्गमा गएर कुनै परिवर्तन या अपडेट गर्नु पर्दैन् ।