फाइनान्सीयल नोटिसेस् एप्समा नयाँ फिचरहरु उपलब्ध भएको छ । कम्पनीले स्वरस्वती पूजाको अवसरक पारेर वित्तीय साक्षरतामूलक उक्त एप्स एन्ड्रोइड प्रयोगकर्ताहरुका लागि उपलब्ध गराएको हो । अबको केही दिनमा आइओएस प्रयोगकर्तालाई समेत यो फिचर उपल्ध हुने कम्पनीले जानकारी दिएको छ ।
उक्त एप्समा नयाँ फिचरको रुपमा अब नेपाली भाषाको विकल्प पनि छनोट गर्न सकिनेछ । साथैे दैनिक रुपमा गरिने खर्च र आम्दानीको हिसाब विवरण राख्ने, “ फाइनान्स ट्याकर ” को फिचर र व्यक्तिगत वा संस्थाको दैनिक लेनदेन कर्जा सापटीको लेखा राख्न सकिने “ क्रेडिट ट्याकर ” सुविधालाई थप व्यवस्थीत गरि सामान्य नागरिकले समेत प्रयोग गर्न सकिने गरी अध्यावधीक गरिएको छ ।
सूचनाहरुलाई अडियो नेपाली भर्सनमा समेत सुन्न मिल्ने गरी अध्यावधिक गरएको छ । फाइनान्सीयल क्यालकुलेटरमा सेयरबजारसँग सम्बन्धीत क्यालकुलेटरहरुको थप सुविधाहरु थपिएको कम्पनीले जनाएको छ ।
फाइनान्सीयल नोटिसेस् ” आम नेपाली नागरिकको दैनिक जीवनमा वित्तीय सूचनाको माध्यमबाट आधुनीक प्रविधिको प्रयोगले वित्तीयरुपमा साक्षर बनाउने नेपाल कै पोहिलो र एकमात्र वित्तीय सूचनामुलक डिजिटल एप्स हो ।
नेपाली वित्तीय बजारमा लोकप्रिय बन्दै गएको “ फाइनान्सीयल नोटिसेस् ” एप्स बाट आफुले कारोबार गर्ने वा जानकारी लिन चाहेको बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण सूचना , ताजा आर्थिक समाचार , नयाँ योजना तथा महत्वपूर्ण आर्थिक जानकारी , आगामी कार्यक्रमहरु , शेयर बजार लगानीका अवसर , शाखा संजाल , एटिएम रहेको ठाउँ , ब्याजदर , ऋणको अवधि , सेवा शुल्क , बैंकीङ्ग सेवा समय , सेयर बजार , रोजगारी , त्रैमासिक वित्तीय विवरण , ई – बैंकिङ सेवा / सुविधाको जानकारी लिन सकिन्छ ।
त्यस्तै एप्सबाट बैंक , वित्त , बीमा र पूँजि बजारको सम्पूर्ण आर्थिक गतिविधि , लगानीको अवसर , सम्भावना र चुनौती , समग्र अर्थतन्त्रको अवस्था , सरकारको नीति , नेपाल र विश्व अर्थ जगतको सम्पूर्ण आर्थिक जानकारी लिन सकिन्छ ।
यस एप्सले डिजिटल सूचनाको प्रभाव गरी आम नागरिकको जीवनका आवश्यकता र चाहनाहरुको विश्लेषण वर्गीकरण, वित्तीय लक्ष्य निर्माण, बचत र त्यसको सही परिचान गर्न मद्दत गर्दछ । त्यस्तै, ऋणको सही सूचनाबाट सही निर्णय लिनसक्ने ज्ञान, प्रयोग तथा व्यवस्थापन, पारिवारिक बजेट, बीमा, वित्तीय सेवाहरुको छनोट, प्रयोग, दैनिक व्यवहारलाई वित्तीयरुपमा सबल र सक्षम बनाउन सहयोग गर्ने कम्पनीका संचालक प्रकाश अर्यालले बताए ।
वित्तीय साक्षरताको विस्तारका लागि पहिलो शर्त भनेको वित्तीय तथा प्रविधिगत पहुँच नै हो । जुन हामीले फाइनासन्सीयल नोटिसेस् मोबाईल एप्स मार्फत प्रदान गर्दै आई रहेको संचालक अर्यालले बताए।