कीवर्डहरू -

एज ब्राउजरमा ‘किड्स मोड’ परिक्षण गर्दै माइक्रोसफ्ट

एज ब्राउजरमा ‘किड्स मोड’ परिक्षण गर्दै माइक्रोसफ्ट

माइक्रोसफ्टले एज ब्राउजरमा ‘किड्स मोड’ फिचर परिक्षण गर्न थालेको छ । यसले बालबलिकाहरुलाई वेबमा ब्राउज गर्दा सुरक्षित हुन मद्दत पुर्याउँछ ।

यो मोड विशेष गरी ५ देखि १२ वर्षको बालबालिकाको लाई केन्द्रित गरेर बनाइएको हो ।

यो अपडेटलाई प्रयोग गर्न बालबालिकाको छुट्टै अकाउन्ट नबनाएरै एज प्रोफाइल पिकर मार्फत आफ्नो बच्चाको अकाउन्टमा स्वीच गर्न मिल्छ । यसबाट एक्जीट गर्न भने पासवर्ड हाल्नुपर्ने हुन्छ ।

यसमा बालबालिकाले हेर्न मिल्ने साइटहरुलाई ‘अलाऊ लिस्ट’ मा अभिभावकले राखिदिन सक्छन् र यसलाई समयसमयमा एडिट पनि गर्न सक्छन् ।

अभिभावकले हेर्न दिएको वेबसाइटलाई पनि कहिलेकाँही माइक्रोसफ्टले ब्लक गरिदिएको हुन सक्छ ।

यस्तो अवस्थामा एक्ससेप्सन भन्ने फिचरको प्रयोग गर्न सकिन्छ जसले गर्दा त्यो साइटलाई पहुँच गर्न दिन्छ ।

किड्स मोडमा बिङ सेफ सर्च प्रयोग गरिएको हुन्छ जसले कस्टम ब्राउजर थिमहरु पनि प्रदान गर्छ ।

अहिले महामारीको समयमा धेरै बालबलिकाले कम्प्युटर प्रयोग गरिरहँदा यो फिचर काम लाग्ने नै हुनेछ ।