कीवर्डहरू -

वर्ल्डलिंकको नयाँ ग्राहक सेवा केन्द्र अब विराटनगरमा

वर्ल्डलिंकको नयाँ ग्राहक सेवा केन्द्र अब विराटनगरमा

नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले विराटनगरको पुषपलालल चोकमा आफ्नो नयाँ ग्राहक सेवा केन्द्र शुरु गरेको छ ।

कम्पनीले मंगलबार विराटनगरमा आफ्नो नयाँ ग्राहक सेवा केन्द्रको शुरूवात गरेको हो । ग्राहक सेवा शुभारम्भ गर्दै कम्पनीका पुर्वाञ्चल क्षेत्रीय प्रमुख शंकर राज शिवाकोटीले विराटनगरको उत्तरी भेग र आसपासका क्षेत्रहरुका ग्राहकहरुलाई उहाँहरुको नजिक रहेर आफ्नो सेवा तथा ग्राहक सँगको सम्बन्धलाई अझ प्रगाढ र विश्वासिलो बनाउने बताए ।

हाल कम्पनीले ग्राहकको माग र आवश्यकता अनुसार १० एमबीपीएसदेखि १०० एमबीपीएससम्मको इन्टरनेट उपलब्ध गराइरहेको छ । भने नेटटिभी लगायतका अन्य सेवाहरु पनि उपलब्ध गराइरहेको छ ।

२.४ गिगाहर्जको वाईफाईमा ब्याण्डको सिमितता तथा हरेक घर र कोठाहरुमा रहेका वाईफाई संकेतहरुको आपसी इन्टरफेरेन्सले गर्दा एफटीटीएच प्रविधि मार्फत आफुहरुले प्रदान गरेको उच्च गतिको सेवाको अनुभव कुनै कुनै बेला ग्राहकहरुले सोचे जस्तो नहुन सक्ने शिवाकोटीले बताए ।

त्यसका लागि ग्राहकको घरमा राखेको वाईफाई राउटरलाई उचित तथा खुल्ला स्थानमा राखेमा, धेरै कोठा तथा तल्लामा चलाउनु परेमा अतिरक्त वाईफाई राउटर राखेमा तथा ग्राहकको मोबाईल तथा ल्यापटपमा ५ गीगाहर्ज सपोर्ट गर्दछ भने ५ गिगाहर्ज डुअल ब्याण्डको वाईफाई राउटर राखेर सेवा प्रदायकले प्रदान गरेको गतिमा हमेसा इन्टरनेट चलाउन सकिने उनले बताए ।