कीवर्डहरू -

बुटवलमा अनलाइन फुड डेलिभरी सेवा दिदै मजुर एप

बुटवलमा अनलाइन फुड डेलिभरी सेवा दिदै मजुर एप

नेपालमा पछिल्लो समय स्टार्टअपकाे प्रभाव विस्तारै देशका अन्य शहरहरूमा पनि देखिन थालेको छ। यसको नयाँ उदाहरण हो, बुटवलको मजुर एप ।

बुटवलमा मजुर एपले अनलाइन फुड डेलिभरी सेवा सुरु गरेको छ । मजुर एप मार्फत् फुड बाहेक अन्य सामानहरु पनि अर्डर गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

मजुरको आइडिया बि.सं. २०५३ सालमा पढ्दा पढ्दै छुट्टिएको दुई साथी कृष्ण आचार्य र अविनाश अधिकारी २०७७ सालमा भेटिएपछि जन्मिएको हो ।

मजुर डिजिटल सर्भिस प्रालिद्वारा सञ्चालित मजुर एप एन्ड्रोइड फोन प्रयोगकर्ताले गूगल प्लेस्टोरबाट सजिलै डाउनलोड गर्न सक्ने छन् । त्यस्तै आईफोन प्रयोगकर्ताले यहाँ क्लिक गरी वेबसाइट मार्फत् फुड अर्डर गर्न सक्ने छन् ।

मजुरको सेवालाई देशका अन्य ठाउँमा विस्तार गर्ने कम्पनीको योजना रहेको छ । मजुर एपमा जीपीएस ट्रयाकिङ सिस्टम प्रयोग गरिएको छ।