कीवर्डहरू -

‘क्यान इन्फोटेक २०२१’ आयोजना हुने, सरोकारवाला र प्रायोजकसँग क्यान महासंघको छलफल

‘क्यान इन्फोटेक २०२१’ आयोजना हुने, सरोकारवाला र प्रायोजकसँग क्यान महासंघको छलफल

क्यान महासंघले वर्षेनी आयोजना गर्दै आएको सूचना प्रविधि क्षेत्रको एक मेघा इभेन्ट ‘क्यान इन्फोटेक २०२१’आयोजना गर्ने सम्वन्धमा सरोकारवाला तथा प्रायोजकहरुसँग छलफल आयोजना गरेको छ ।

बुधवार होटल याक एण्ड एतीमा आयोजना भएको अन्तकृयामा कोभिड १९ को कारण ढिला हुने गएको कार्यक्रम केही महिनाभित्र आयोजना गर्ने निर्णय गरेको छ ।

कार्यक्रममा पूर्वमन्त्री गणेश शाह, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिल दत्त, आइस्पानका अध्यक्ष सुधिर पराजुली, वर्ल्डलिंकका अध्यक्ष दिलिप अग्रवाल लगायतले धारणा व्यक्त गरेका थिए ।

\"\"

कार्यक्रममा क्यान महासंघका पूर्व अध्यक्षहरुसँगै वर्तमान अध्यक्ष नवराज कुवरले कोभिड १९ को कारण ढिला हुन गएको इन्फोटेक आवश्यक तयारी गर्दै वैशाखभित्र गर्न सकिने जानकारी गराएका थिए ।

क्यान महासंघले अहिलेसम्म २६ वटा इन्फोटेक सम्पन्न गरिसकेको छ । गतवर्ष फागुन पहिलोहप्तामा २६ औं संस्करणको इन्फोटेक आयोजना भएको थियो भने अधिकांश प्रदेशहरुमा पनि प्रदर्शनी आयोजना गरिएको थियो ।

गत वर्षको चैत महिनादेखि नेपालमा देखिएको कोभिड १९ को कारण अधिकांश कार्यक्रमहरु स्थगन भएका थिए ।