कीवर्डहरू -

हेल्थ अथोरिटीबाट प्रमाणित कोभिड–१९ भ्याक्सिन एपलाई मात्रै एप्पलले अप्रुभ गर्ने

हेल्थ अथोरिटीबाट प्रमाणित कोभिड–१९ भ्याक्सिन एपलाई मात्रै एप्पलले अप्रुभ गर्ने

अहिले पुरै संसारमानै बिस्तारै कोरोनाको खोप लगाउने प्रक्रिया सुरु भएको छ । तर मौखिक कुरामा मात्रै विश्वास नगरेर यसको प्रमाण पनि हुनु अत्ति नै आवश्यक हुन्छ ।

यही कारणले खोपको प्रमाण दिने एपहरुको निमार्णको क्रम बढ्दै गएको छ । यस्तोमा प्रमाणित एप पाउन समस्या हुन सक्ने हुँदा एप्पलले सरकारको स्वास्थ्य अथोरिटीहरुको प्रामाणिक एपहरुलाई मात्र अप्रुभ गर्ने भएको छ ।

त्यस्तै एप्पलले टेस्ट किट निर्माता, ल्याब, स्वास्थ्य सेवा प्रदायक र अरु संस्था तथा कम्पनीहरुले स्वीकृत गरेको एपहरुलाई मात्रै आधिकारिक मान्ने  जनाएको छ ।

यसले सरकारको आधिकारिक एपलाई पूर्ण रुपले मान्यता दिने कुरामा भने कुनै सङकोच छैन् ।

एप्पलले मान्छेहरुको संवेदनशील जानकारीलाई सुरक्षित राख्न सक्ने एपहरुलाई बढि मान्यता दिने पनि बताएको छ ।