कीवर्डहरू -

एप्पलको एम वान प्रयोग भएको  म्याकलाई ह्याक गर्ने प्रयास गर्दै ह्याकर

एप्पलको एम वान प्रयोग भएको  म्याकलाई ह्याक गर्ने प्रयास गर्दै ह्याकर

ह्याकरहरुले एप्पलको एम वान प्रोसेसर भएको म्याकलाई ह्याक गर्ने प्रयास गरिरहेका छन् ।

एप्पलको एम वान प्रोसेसर भएको म्याक सार्वजनिक भएको केही महिना नबित्दै ह्याकरहरुले सिस्टम ह्याक गर्ने काममा लागी सकेका छन् ।

सुरक्षा अन्वेषक प्याट्रीक वार्डलको अनुसार एम वान चीपलाई नै केन्द्रित गरेर नोक्सान गर्ने खालको एप पनि बनाइएको छ ।

ह्याकिङका लागी पिरीट भन्ने एडवेयरको प्रयोग गरिएको अन्वेषणले देखाएको छ । यो म्यालवेयरले प्रयोगकर्ताको डेटा संकलन गरेर थुप्रै विज्ञापनहरु देखाउने गर्दछ ।

वार्डलले यो म्यालवेयरलाई भाइरस टोटल भन्ने एन्टीभाइरस परिक्षण प्लेटफर्मबाट भेटाएका हुन् । एम वानलाई ह्याक गर्न खासै कठिन पनि नभएको विज्ञहरुको भनाई रहेको छ ।