कीवर्डहरू -

क्रोम ओएसमा बिल्ट इन स्क्रीन रेकडर आउँदै

क्रोम ओएसमा बिल्ट इन स्क्रीन रेकडर आउँदै

गूगलले क्रोम ओएसमा बिल्ट इन स्क्रीन रेकडर ल्याउने भएको छ । गूगलले क्रोमबुकलाई विद्यार्थी मैत्री बनाउनका लागी केही नयाँ फिचरहरु ल्याउने भएको हो ।

कम्पनीले ४० ओटा क्रोम डिभाइसहरु पनि ल्याउने भएको छ । त्यस्तै चलाउनका लागी सहज पार्न क्रोमले केही अपडेटहरु पनि ल्याउने भएको छ ।

स्क्रीन रेकडरको फिचर मार्चमा आउने छ । क्रोमले ४० ओटा क्रोम डिभाइसमा के के पर्छन भनेर नखुलाएता पनि यसमा टच स्क्रीन ,स्टाइलस सपोर्ट, डुअल क्यामेरा र एलटीई कनेक्टीभीटी हुने बताएको छ ।

४० ओटा क्रोमबुकमा कुन किन्ने भनेर थाहापाउन समस्या हुन सक्ने हुँदा कम्पनीले यसका लागी गाईड पनि सार्वजनिक गर्नेछ ।

क्रोमले बालबालिकाहरुलाई आफ्नो स्कुल अकाउन्ट पनि एड गर्न दिन्छ जसले गर्दा बालबालिकाले घरमा पनि उपयोग गर्न सक्नेछन् ।