ह्वावेका संस्थापक तथा सीईओ रेन झेंगफेईले हालसालै चीनमा ग्लोबल मिडिया सँग गरेको अन्तर्वार्तामा कम्पनीले खानी, यातायात, र संगीत जस्ता क्षेत्रहरूमा औद्योगिक फाइभजी अनुप्रयोगहरूमा नयाँ अवसरहरूको अन्वेषण गर्न थालेको बताएका छन् ।
उनले फाइभजी युगमा विविध उद्योगहरूको लागि आधारभूत प्लेटफर्महरू प्रदान गर्न यसको नवीनता र कोर व्यवसायमा ह्वावेको निरन्तर ध्यान केन्द्रित गर्ने कुरामा जोड दिए ।
आइसीटी समाधान प्रयोग गर्न ह्वावेको ध्यान केन्द्रित गरी लिगेसी उद्योगहरूलाई नवीनतम बनाउन सहयोग गर्दै रेन झेंगफेईले भने, ‘फाइभजी युगमा व्यवसायहरुलाई कनेक्ट गर्नु नै मुख्य लक्ष्य हो । विभिन्न उद्योगहरूको लागि छन् अनुप्रयोगहरू भिन्न छन्, तर प्रायः सबै प्रविधिहरू समान हुन् । त्यसैले हाम्रो मुख्य लक्ष्य विभिन्न उद्योगहरूमा इलेक्ट्रोनिक, सफ्टवेयर र कम्पिउटिङ्ग सिस्टमको प्रयोग बढाउनु हो ।’
यस विकासलाई गति दिन ह्वावेको पुरानो प्रतिबद्धता र आधारभूत अनुसन्धान र नवीनतामा लगानी आवश्यक हुनेछ ।
रेनका अनुसार ह्वावेले विश्वभर १०० भन्दा बढी अनुसन्धान केन्द्रहरू र संयुक्त ल्याबहरू निर्माण गरेको छ, जुन गणित, भौतिक विज्ञान, रसायन विज्ञान, जीवविज्ञान, र सौंदर्यशास्त्रमा विशेषज्ञ छन्, जसमा स्मार्ट सिटी, अटोनोमस भेहिकल्, स्मार्ट शिक्षा, स्वास्थ्य सेवा, खानी आदिको बढ्दो इकोसिस्टमको लागि छन् अनुप्रयोगहरू र आईसीटी समाधानहरू विकास गरिरहेको छ ।
यी इनोभेशन ल्याबहरू ग्राहकहरुसँग सह साझेदार छन् जसले अन्तर्दृष्टि र विशेषज्ञता प्रदान गरी उनीहरूको सम्बन्धित उद्योगहरूको आवश्यकता अनुसार अनुसन्धान निर्देशित गर्छन, र इलेक्ट्रोनिक्स टेक्नोलोजीमा ह्वावेको विशेषज्ञताले यी उद्योगहरूको लागि उत्कृष्ट अनुप्रयोग र सेवाहरू विकास गर्न मद्दत गर्दछ ।
उद्योगका ग्राहकहरु र साझेदारहरु सँग सयुक्त सहयोग अन्तर्गत ह्वावेले विश्वभरका शहरहरु जस्तै बर्लिन, सियोल, बैंकक र रियादमा फाइभजी नेटवर्क र डिजिटल कनेक्सन निर्माण गर्न मद्दत गरेको छ ।
यी नेटवर्कहरूले हाई एण्ड उपकरणहरूको लागि निर्बाध कनेक्टिविटी र उच्चतम प्रदर्शनलाई सक्षम पारेर उद्योगको अग्रणी क्षमताहरू प्रमाणित गरेका छन् ।
विश्वकै अग्रणी आईसीटी समाधान प्रदायकको रूपमा ह्वावेले बेस्ट इन क्लास उत्पादन तथा आफ्नो ग्राहकहरूलाई उत्तम समाधानहरू प्रदान गरिरहेको छ ।
ह्वावेले २००९ मा फाइभजी टेक्नोलोजीको अनुसन्धान शुरू गर्यो र २०१९ को अन्त सम्ममा २६,६०० स्ट्यान्डर्ड्को योगदान थ्रीजीपीपीमा पेश गरेको थियो ।
युरोपेली दूरसञ्चार मानक संस्थान (इटीएसआई) का अनुसार कम्पनीले ४ हजार ३४८ महत्वपूर्ण फाइभजी पेटन्टहरुको फ्यामिलिको स्वामित्व पाएको छ, जुन कुलको २०५ भन्दा बढी रहेको छ ।
यसले फाइभजी पेटन्टको मामलामा सबै भेन्डरहरुमा ह्वावेलाई पहिलो स्थानमा राख्दछ, तथा यसको अनुसन्धान र विकास को सम्भावनाहरु र विविध उद्योगहरुमा फाइभजीको नवीन अनुप्रयोगहरुको एक ठोस आधार निर्माण गर्ने कम्पनीले जनाएको छ ।