कीवर्डहरू -

यस्तो छ एन्ड्रोइड १२ को पहिलो डेभलपर प्रिभ्यू

यस्तो छ एन्ड्रोइड १२ को पहिलो डेभलपर प्रिभ्यू

गूगलले एन्ड्रोइड १२ अपरेटिङ सिस्टम (ओएस) को पहिलो डेभलपर प्रिभ्यू सार्वजनिक गरेको छ । कम्पनीले विशेष गरी परफरमेन्सको वृद्धिमा ध्यान पु¥याउने बताएको छ ।

त्यस्तै गूगलले सानो फाइलमा राम्रो ईमेज क्वालिटी दिनलाई भीआईएफको पनि प्रयोग गर्ने भएको छ । त्यसैगरी तल या छेउबाट स्वाइप गरेर होम स्क्रीनमा पुग्ने फिचर पनि गूगलले ल्याउने भएको छ ।

प्रिभ्यूको अनुसार गूगलले भिडियो कल गर्ने एपहरुलाई पनि नयाँ अपडेट प्रयोग गर्न दिनेछ जसको कारणले कुनै निश्चित रिङ्गटोनको मद्दतले कसले कल गरेको हो भनेर पनि थाहापाउन सकिन्छ ।

त्यस्तै प्रयोगकर्ताहरुले कस्टम रिङटोन पनि प्रयोग गर्न सक्ने बताइएको छ । नोटिफिकेसनहरुमा पनि कस्टम कन्टेन्ट तथा आइकनहरु हुनेछन् ।

कुनै अपडेट या बगहरुलाई सिस्टम अपडेट नकुरिकनै प्ले स्टोरको माध्यमले अपडेट गर्न सकिनेछ । यसमा रहेको फिचरहरु एन्ड्रोइड टिभीमा पनि काम लाग्ने गूगलको भनाइ छ ।

त्यस्तै गोपनियता र सुरक्षाको क्षेत्रमा पनि गूगलले अपडेट ल्याउने भएको छ । यो विशेष गरी पिक्सेल डिभाइसलाई केन्द्रित गरेर बनाइएको हो । पिक्सेल डिभाइस नहुनेले एन्ड्रोइड स्टुडियोमा एन्ड्रोइड इम्युलेटर पनि प्रयोग गर्न सक्नेछन् ।