कीवर्डहरू -

एलजीको विभिन्न मोडेल र क्षमताको वासर ड्रायर वासिङ मेसिन नेपाली बजारमा

एलजीको विभिन्न मोडेल र क्षमताको वासर ड्रायर वासिङ मेसिन नेपाली बजारमा

एलजीको अधिकारिक बिक्रेता चौधरी ग्रुप अन्तर्गत सीजी इम्पेक्सले विभिन्न मोडेल र क्षमताको एलजी वासर ड्रायर वासिड्ड मेसिन नेपाली बजारमा भित्र्याएको छ ।

एलजीका विभिन्न मोडेलका वासिड्ड मेसिन रहेको छ । जसमध्ये केही मोडेलहरुमा ८ देखि १८ केजी सम्मको लुगा धुने क्षमता साथै ५ देखि १० केजी सम्मको लुगा शत प्रतिशत केही समयमै सुकाउने सुविधा रहेको छ ।

यस वासिङ मेसिनको प्रयोगले भिजेका कपडाबाट हुने झन्झट जस्तै सुकाउने समस्या दुर्गन्ध आउने, एलर्जी हुने, कपडा खराब हुने समस्याहरुबाट मुक्त पाउन सकिने कम्पनीको दावी छ ।

साथै एलजी वासर ड्रायरको प्रयोगले सफा र चिटिक्क परेका लुगाहरु सिधै मेसिनबाट निकालेर लगाउन सकिन्छ ।

मेसिनका थप विशेषताहरु

• एआईडीडीलले कपडाको किसिम, तौल साथ–साथै कोमलता पता लगाई कपडाको लागि आफै उच्चतम धुने तरिका निर्वाह गर्दछ, जसले गर्दा कपडाको धुलाई राम्रो हुनुको साथै कपडालाई लामो समय सम्म बचाउँछ।

• इकोहाइब्रिड टेक्नोलोजी एक प्रकारको एडभान्स एअर ड्राइङ टेक्नोलोजी हो । यसले गर्दा सुकाउने क्षमता राम्रो हुनुको साथै बिजुली, पानी र समयको बचत गर्दछ। यसले कम तापक्रममा कपडा सुकाउने हुनाले नाजुक कपडालाई पनि उतिकै हेरचाह गर्दछ।

• स्टिम प्लस टेक्नोलोजीको बाफले कपडाको किसिमलाई मुलायम बनाउनुको साथ–साथै ९९.९ ५ सम्म किटाणु रहित बनाउँछ।

• टर्वो वास ३६० डिग्री टेक्नोलोजीले कपडालाई ३९ मिनेटमा धुन्छ जसले पानी, बिजुली र समयको बचत गर्दछ।

• थिङ्क आईओटी एपको मध्यमबाट यस मेसिनलाई वाईफाईको मद्दतबाट जताबाट पनि चलाउन सकिन्छ।

• यस मेसिनमा १० वर्षको वारेन्टी छ, जसले तपाई वर्षौसम्म ढुक्क रहन सकिन्छ ।