कीवर्डहरू -

ह्वाटसएपले प्राइभेसी पोलिसीलाई परिमार्जित गरेर ल्याउने

ह्वाटसएपले प्राइभेसी पोलिसीलाई परिमार्जित गरेर ल्याउने

ह्वाटसएपले केही दिन अघि ल्याउन लागेको प्राइभेसी पोलिसीलाई परिमार्जित गरेर सार्वजनिक गर्ने भएको छ । अबको आउँदो हप्ताहरुमा एपले नयाँ प्राइभेसी पोलिसीको जानकारी दिने बताइएको छ ।

प्रयोगकर्ताहरुले उठाएको जिज्ञासा र आलोचनाहरुलाई मध्यनजर गर्दै कम्पनीले परिमार्जन प्रक्रियालाई सम्पन्न गरेको हो ।

प्रयोगकर्ताहरुले  यो अपडेटलाई मे १५ सम्ममा स्वीकृत गर्नुपर्ने पनि ह्वाटसएपले जनाएको छ । ह्वाटसएपले प्रयोगकर्ताहरुलाई खासै जानकारी नगराएरै अपडेट ल्याएकाले धेरै प्रयोगकर्ताहरु भ्रममा परेका थिए र गलत सूचनाहरु फैलिन थालेका थिए ।

धेरै प्रयोगकर्ताहरुले यो अपडेटसँगै ह्वाटसएपले आफ्नो जानकारी फेसबुकसँग सेयर गर्न आटेको पनि सोचेका थिए । फेसबुकले पहिले देखिनै जानकारी फेसबुकलाई दिने पनि बताएको थियो ।