कीवर्डहरू -

ओप्पोको नयाँ फोन ओपो ए १५ एस सार्वजनिक

ओप्पोको नयाँ फोन ओपो ए १५ एस सार्वजनिक

ओपोले नेपालमा ए सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन ओपो ए १५ एस सार्वजनिक गरेको छ । ६.२ इन्च स्क्रीन भएको ओपो ए १५ एस नेपालमा सार्चजनिक भएको हो ।

यस फोनमा ४ हजार २ सय ३० एमएएचको ब्याट्री जडान गरिएको छ । फोनमा एआई ट्रिपल क्यामेरा जडान गरिएको छ ।

‘प्रयोगकर्ताका मनोरञ्जन तथा सामाजिक सञ्जालसँग जडित रहने आवश्यकताका लागि उपयुक्त उपकरणका रुपमा ओपो ए १५ एस  उपलब्ध गराउन पाउँदा हामी निकै उत्साहित छौँ ।’, ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, ‘तिनलाई सहज र अभूतपूर्व अनुभव प्रदान गर्ने सोचका साथ हामीले फोनमा बृहत्त सञ्चय क्षमताका साथै ठूलो स्क्रिन उपलब्ध गराएका छौँ ।’

ओपो ए १५ एसमा ४ जीबी र्‍याम र ६४ जीबी इन्टरनल स्टोरेज राखिएको छ । इन्टरनल स्टोरेजलाई प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार २५६ जीबी सम्म बढाउन सक्ने छन् ।

फोनमा मिडियाटेक हेलियो पी ३५ अक्टा कोर चिपसेट प्रयोग गरिएको छ । साथै ओपो ए १५ एसमा मेमोरी डिफ्रागमेन्टेशन २.० सहितको सिस्टम लेभल अप्टिमाइजेशन पनि उपलब्ध छ । यसले कार्यक्षमतामा ५ प्रतिशतको बृद्धि ल्याउँने कम्पनीले जनाएको छ ।

यसमा उपलब्ध हाईपरबुस्ट २.१ ले फ्रेमबुस्ट र टचबुस्टको एकीकृत सहायता मार्फत फोन परफरमेन्सको स्थिती अनुमान गर्दै फ्रेम रेट लस घटाउन स्वचालित रुपमा आफूलाई समायोजित गर्दै, अझ स्मूथ र अझ प्रतिक्रियात्मक गेमिङ अनुभव प्रदान गर्छ । अनुकूलित फ्रेम रेटले गर्दा प्रयोगकर्ताले स्थिर र न्यून ढिलाइ सहितको ईनगेम ग्राफिक्सको मज्जा लिन सक्नेछन् ।

ओपो ए १५ एसमा डाइर्‍याक २.०, स्टेट अफ आर्ट डिजिटल साउन्ड करेक्शन प्रविधिपनि राखिएको छ । यो प्रविधिले संगीत, चलचित्र लगायत गेमिङमा समेत अनुकुलित एकोस्टिक ईफेक्ट प्रदान गर्छ सघाउँछ ।

यसमा ब्याट्री सकिनै लागेको अवस्थामा समेत ट्याक्सी बुक गर्न वा आफ्ना प्रियजनसंग कुराकानी गर्न पर्याप्त हुने उर्जा प्रदान गर्न सुपर पावर सेभिङ मोड पनि उपलब्ध गरिएको छ ।

साथै, फोनमा अनलकिङका लागि प्रयोगकर्ताले रियर फिंगरप्रिन्ट सेन्सर वा एआई फेस अनलक सुविधाको समेत प्रयोग गर्न सक्छन् । फोनमा आई कम्फर्ट फिल्टर्स, सनलाइट स्क्रिन र एआई ब्राइटनेस लगायत सुविधापनि उपलब्ध छन् ।

ओपो ए १५ एसमा रहेका एआई ट्रिपल क्यामेराले मानिसका साथै तपाई वरपरको विश्वको सटिक तस्विर खिच्न सघाउँछ । यसमा १३ मेगापिक्सेलको मुख्य क्यामेरा र २ मेगापिक्सेलको म्याक्रो लेन्सको समेत व्यवस्था गरिएको छ ।

फोनमा ब्याकग्राउण्डलाई नेचुरल बोके ईफेक्ट दिने २ मेगापिक्सेल डेप्थ क्यामेरा पनि जडान गरिएको छ । फोनमा रहेको एचडीआर फिचरले प्रयोगकर्तालाई कम प्रकाश वा ब्याकलाइट भएका स्थानमा समेत उत्कृष्ट तस्विर खिच्न सघानेछ ।

ओपो ए १५ एसमा ५ मेगापिक्सेलको फ्रण्ट क्यामेरा राखिएको छ । यसमा कलरओएस ७.२ को प्रयोग गरिएको छ । नयाँ फोनमा प्रयोगकर्ताको सहजताका लागि यसमा अद्यावधिक कलर कन्ट्रास्ट सहित डार्क मोड फिचर उपलब्ध छ ।

थ्री फिंगर स्क्रोलिङ स्क्रिनशटले अब होरीजेन्टल मोडका साथमा पीडीएफ डकुमेन्ट पनि सपोर्ट गर्छ । साथै आइकन पुल डाउन जेस्चर र स्मार्ट साइडबार जस्ता सहजता उपलब्ध गराउने फिचरपनि फोनमा समावेश छन् ।

एउटै ल्यान कनेक्शन भएका स्थानमा साथीहरु भेला भइरहेका बखत एउटै गीतको मज्जा एकसाथ सबैले आ आफ्नो फोनमा लिन सघाउने उपयोगी म्युजिक पार्टी फिचर पनि फोनमा उपलब्ध रहेको छ ।

फागुन ४ गतेदेखि ओप्पोका प्रमुख विक्री केन्द्र मार्फत नयाँ फोन ए १५ एस देशभर उपलब्ध भएको छ । उपभोक्ताले डायनामिक ब्ल्याक र मिस्ट्री ब्लु गरी दूई कलरमा फोन खरिद गर्न सक्छन् ।

फोनमा ४जीबी र्‍याम र ६४ जीबी रोमको व्यवस्था गरिएको छ । ओप्पो ए १५ एसको मूल्य २१ हजार ९ सय ९० रुपैयाँ निर्धारण गरिएको छ ।