कीवर्डहरू -

सामसङले भविष्यको स्मार्टवाचमा एन्ड्रोइड प्रयोग गर्न सक्ने 

सामसङले भविष्यको स्मार्टवाचमा एन्ड्रोइड प्रयोग गर्न सक्ने 

सामसङले भविष्यको स्मार्टवाचहरुमा टाइजेन प्रयोग नगरेर एन्ड्रोइड प्रयोग गर्न सक्ने भएको छ ।

स्याममोबाइल र आइस यूनिर्भसले सामसङले आगामी स्मार्टवाचमा एन्ड्रोइड प्रयोग गर्न सक्ने दावी गरेका छन् । सन् २०१४ पछि सामसङले एन्ड्रोइड प्रयोग गरेको छैन् ।

पहिले सामसङले एन्ड्रोइडको प्रयोग गीयर र गीयर लाइभमा गरेको थियो । यो घडीको विस्तृत विवरण आएको छैन् ।

ग्यालेक्सी क्लबले सामसङको दुई ओटा मोडेल नम्बर सार्वजनिक गरेको छ जसले गर्दा घडीहरु दुई ओटा आकारमा आउने अनुमान लगाइएको छ ।

टाइजेन प्रयोग गएिको स्मार्टवाचले स्पोटीफाईको फिचर दिएता पनि एन्ड्रोइड जस्तो उन्नत भने हुँदैन् ।