कीवर्डहरू -

अब युट्युबमै फोरके भिडियो हेर्न सकिने

अब युट्युबमै फोरके भिडियो हेर्न सकिने

अब युट्युबमा फोरके भिडियोहरु हेर्न सकिने भएको छ ।  गूगलले युट्युबको एन्ड्रोइड एपमा फोरके एचडीआर सपोर्ट प्रदान गर्ने भएको हो।

यस फिचरको सहयोगले अब युट्युबमानै गुणस्तरीय भिडियो हेर्न सकिनेछ । यसअघि फोरके एचडीआर सपोर्ट आइफोनमा मात्रै उपलब्ध थियो । एन्ड्रोइड प्रयोगकर्ताले यसअघि १४४० पिक्सेलको उच्चतम रिजोल्युसन मात्रै प्रयोग गर्न पाउने गर्दथे ।

अब देखि कुनै भिडियो फोरके अर्थात २१६० पिक्सेलमा हालिएको छ भने त्यसलाई प्रयोगकर्ताले पनि २१६० पिक्सेल मै हेर्न सक्नेछन् । यसका लागी प्रयोगकर्ताले तीन ओटा थोप्ला भएको आइकनमा थिचेर प्लेब्याकलाई हाईएस्ट रिजोल्युसनमा पार्नु पर्छ ।

तर फोरके रिजोल्युसनले गर्दा डेटा धेरै खपत हुने र इन्टरनेट स्पीड पनि सुस्त हुँदै जाने समस्या हुन्छ ।

यो फिचर पाउन गूगल प्ले स्टोरबाट युट्युब एपलाई अपडेट गर्नुपर्ने हुन्छ। युट्युबले हालैमा एक्सबक्स कन्सोलमा पनि एचडीआर सपोर्ट दिएको थियो ।