ह्वावेले सन् २०२१ मा फोन निर्माण प्रक्रियालाई करिब ६० प्रतिशतले कम गर्ने भएको छ ।
निकेई एसियाको अनुसार ह्वावेले यो वर्ष ७० देखि ८० मिलियन स्मार्टफोनहरुलाई पुग्ने सामाग्री मात्रै अर्डर गर्ने सप्लायरहरुलाई बताएको थियो ।
सन् २०२० मा कम्पनीले १८९ मिलियन स्मार्टफोन ढुवानी गरेको तथ्याकं छ त्यस्तै कम्पनीले सन् २०१९ मा २४० मिलियन स्मार्टफोन ढुवानी गरेको थियो ।
कुन स्मार्टफोनको निर्माण कम मात्रामा हुन्छ भन्ने कुरा रिपोर्टले खुलाएको छैन् । ह्वावेले यो वर्ष गेमिङमा पनि ध्यान दिने बताएको छ ।
कम्पनीका अनुसार ह्वावेले पहिला गेमिङ ल्यापटप र त्यसपछि गेमिङकन्सोल सार्वजनिक गर्ने छ । त्यस्तै कम्पनीले २२ फ्रेबुअरीमा मेट एक्स टू भन्ने स्मार्टफोन सार्वजनिक गर्ने पनि बताएको छ ।