विद्युतिय कार निर्माता कम्पनी टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्क पुनः संसारकै धनी व्यक्ति बन्न सफल भएका छन् । अमेजनका संस्थापक जेफ बेजोसलाई पछि पार्दै पुनः मस्क संसारकै धनी व्यक्ति बन्न सफल भएका हुन् ।
केही दिन अघि मात्रै एलन मस्कलाई उछिन्दै जेफ बेजोस पहिलो स्थानमा पुगेका थिए । तर त्यसको केही दिनमै बेजोसलाई उछिन्दै फेरी मस्क धनी व्यक्ति बनेका हुन् ।
ब्लुमबर्गको बिलेनियर्स इन्डेक्स अनुसार एलन मस्कको कूल सम्पति १ खर्ब ९९ अर्ब अमेरिकी डलर पुगेको छ भने जेफ बजोसको कूल सम्पति १ खर्ब ९० अर्ब अमेरिकी डलर रहेको छ ।