कीवर्डहरू -

मोबाइल रिचार्जमा ५ प्रतिशत क्यासब्याक दिदै आइएमई पे 

मोबाइल रिचार्जमा ५ प्रतिशत क्यासब्याक दिदै आइएमई पे 

आइएमई पेबाट मोबाइल टपअप गर्दा ५ प्रतिशत क्यासब्याक पाइने भएको छ । आइएमई पे मार्फत नमस्ते, एनसेल र स्मार्टमा रिचार्ज गर्दा ५ प्रतिशत क्यासब्याक पाइने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार आइएमई पे वालेटमा दर्ता भएको मोबाइल नम्बरमा रिचार्ज गर्दा मात्र ५ प्रतिशत क्यासब्याक पाइने छ ।

आइएमई पेको मोबाइल एप डाउनलोड गरी यो अफरको लाभ लिन सकिने छ । आइमई पेको मोबाइल एप डाउनलोड गर्न एन्ड्रोइडको लागि यहाँ क्लिक गर्नुहोस् भने आईओएसको लागि यहाँ क्लिक गर्नुहोस् ।

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त आइएमई पेबाट इन्टरनेट, टीभी, बिजुली, खानेपानी लगायतको बिल तिर्न सकिने छ ।

साथै मोबाइल रिचार्ज पनि गर्न सकिने लगायत इएमआई, इन्स्योरेन्स प्रिमियम, मुभि टिकट, पेट्रोल लगायको भुक्तानी गर्न सकिन्छ ।