कीवर्डहरू -

क्यान महासंघका अध्यक्ष उद्योग वाणिज्य महासंघको आइसिटी विकास समितिको सह-सभापतिमा मनोनीत 

क्यान महासंघका अध्यक्ष उद्योग वाणिज्य महासंघको आइसिटी विकास समितिको सह-सभापतिमा मनोनीत 

कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघका अध्यक्ष नवराज कुँवर नेपाल उद्योग वाणिज्य महासंघ अन्तरगतको सूचना तथा सञ्चार प्रविधि विकास समितिको सह-सभापतिमा मनोनित भएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले क्यान महासंघका अध्यक्ष नवराज कुँवरलाई सूचना तथा सञ्चार प्रविधि विकास समितिको सह-सभापतिमा मनोनित गरेका हुन् ।

उद्योग वाणिज्य महासंघका कार्यकारणी सदस्य मंगेशलाल श्रेष्ठको सभापतित्वमा सूचना तथा सञ्चार प्रविधि विकास समिति गठन गरिएको छ ।