कीवर्डहरू -

च्यानेलको एआई लिपस्क्यानर एप प्रयोग गरी लिपस्टीकको शेड खोज्न सकिने

च्यानेलको एआई लिपस्क्यानर एप प्रयोग गरी लिपस्टीकको शेड खोज्न सकिने

अब एआई प्रयोग गरेर च्यानेलको लिपस्टीकको शेड खोज्न सकिने भएको छ । सबैकुरा सँग एआई आबद्ध हुँदै गइरहँदा मेकअप र फेसनको संसार अछुतो रहला भन्न पक्कै पनि सकिदैन् ।

च्यानेलको नयाँ लिपस्क्यानर एपले फोनकै क्यामेरा प्रयोग गरेर कुनै रङ्ग च्यानेलको लिपस्टीक कलेक्सनमा छ की छैन् भनेर थाहा पाउन सक्छ ।

यसमा कसैले लगाएकोे लिपस्टीक या पर्सको रङ््ग जे पनि पर्न सक्छ। स्क्यान गरेपछि च्यानेल लिप युनिभर्सले रङ्गको खोजी गरेर परिणाम दिन्छ ।

यस अघि पनि वाईएसएल पर्साे सिस्टम भन्ने कम्पनीले स्क्यान गरेको रङ्ग प्रिन्ट गर्ने गर्दथ्यो ।

लिपस्क्यानरले भर्चुअल रुपमा लिपस्टीक जाँच्न पनि दिन्छ, जसले गर्दा आफूलाई मनपर्याे की मनपरेन भनेर लिपस्टीक नलगाएरै हेर्न सकिन्छ।

यो फिचर पनि पहिले नै सेफोरा,बेनिफिट र अरु ठूलो कस्मेटिक ब्राण्डले ल्याएको थियो । च्यानेल एक्दमै ठूलो ब्राण्ड भएकाले यो फिचरले धेरै जनाले आफूलाई मनपरेको लिपस्टीकको शेड खोज्न सक्नेछन् ।