कीवर्डहरू -

ह्वावेः सानो उद्यमीदेखि विश्वव्यापी टेक अग्रज बनेको कथा

ह्वावेः सानो उद्यमीदेखि विश्वव्यापी टेक अग्रज बनेको कथा

ह्वावे भन्ने चिनियाँ कम्पनी सूचना र सञ्चार प्रविधि पूर्वाधार र स्मार्ट उपकरणको ग्लोबल प्रदायक हो । विश्वमै अग्र श्रेणीमा रहेको यो स्मार्टफोन कम्पनीको सफलतातर्फको यात्रा पनि एकदमै रोचक रहेको छ ।

धेरैले अविश्वास गरेको कम्पनीदेखि विश्वकै नम्बर १ स्मार्टफोन विक्रेतासम्मको यात्रा भने हुवावेको लागि पनि सहज थिएन ।

सेनजेन, चीनको एउटा अपार्टमेन्टबाट शुरु गरेको हुवावेले अहिले १७० भन्दा बढी देशको १९४,००० जना कर्मचारीलाई रोजगारको अवसर प्रदान गरिरहेको छ ।

हुवावे यूरोप, एसिया र अफ्रिकाको विभिन्न देशहरूमा मार्केट निर्देशकको रूपमा काम गर्दै आएको छ । विश्वको ३ बिलियनभन्दा बढी जनसंख्याले हुवावेको उत्पादन र सेवाहरूले कल गर्न, टेक्स्ट पठाउन र इन्टरनेट सर्फ गर्न प्रयोग गरिरहेका छन् । हुवावेको सफलताको यात्रा सजिलो भने थिएन ।

एउटा सानो कम्पनीदेखि विश्वव्यापी टेक अग्रज बन्न हुवावेले एकदमै मिहिनेत गर्नुपरेको थियो । एकदमै कठिनाइ र अवरोधहरूलाई पार गर्दै हुवावे फरचुन ग्लोबल ५०० मा ४९ औं स्थानमा सूचित हुन सफल भएको हो । हुवावे भने धेरै टेक कम्पनीहरूका लागि प्रेरणाको स्रोत बन्न सक्षम रहेको छ ।

कसरी शुरु भयो ह्वावे  ?

यो टेक कम्पनीलाई १९८७ मा रेन जेङ्गफेईले २१,००० युआनका साथ स्थापना गरेका थिए । हुवावेको आफिस भने त्यतिखेर सेनजेन, चीनको एउटा ठिक्कको अपार्टमेन्टमा रहेको थियो । हुवावेले त्यो समय प्राइभेट ब्रान्च एक्सचेन्ज (पीबीएक्स) प्रणालीका लागी विक्री एजेन्टको रूपमा काम गर्ने गर्दथ्यो ।

विस्तारै व्यवसाय बढ्न थालेपछि, पीबीएक्स भेण्डरले हुवावसँगको तत्कालीन कन्ट्र्याक्टलाई समाप्त गरिदियो र हुवावेको पीबीएक्स व्यवसाय एक्कासि बन्द हुन पुग्यो । त्यसपछि भने हुवावेले निरुत्साहित हुनुको सट्टा एकदमै शुरुवातदेखि आफ्नै अनुसन्धान र विकास गर्ने कार्य शुरु गर्‍यो ।

यस्तो गर्दा कम्पनीले होटेलका लागि भनेर ४०–गेट स्वीच बोर्ड बनाउन थाल्यो । सन् १९९३ मा भने हुवावेले सीटी एण्ड कन्ट्रीसाइड ०८ भन्ने २००० गेटको डिजिटल स्वीचबोर्ड बनायो । यसैले नै हुवावेको दूरसञ्चार उपकरण विक्रेता बन्ने मार्ग खोलिदियो ।

सन् १९९६ को मोस्काऊमा भएको आठौं अन्तर्राष्ट्रिय दूरसञ्चार एक्स्पोमा चीनबाट हुवावे मात्रै एउटा विक्रेता रहेको थियो । अन्तर्राष्ट्रिय दूरसञ्चार एक्स्पोमा भाग लिएको भने यो हुवावेको पहिलो अनुभव रहेको थियो ।

सन् १९९९ मा हुवावेले आइबीएमसँग मिलेर एकीकृत उत्पादन विकास र एकीकृत आपूर्ति श्रृङ्खलाको प्रोजेक्ट शुरु गरेको थियो, जसले गर्दा बीस वर्षको परिवर्तन हुने यात्रा शुरु भएको थियो । कम्पनीको विकासका लागि हुवावेले प्रबन्धन प्रक्रिया र संरचनामा सुधार गर्न थाल्यो ।

हुवावेले १९९९ मा सफ्टवेयर इन्जिनियरिङको विकास गर्ने लक्ष्य लिएर पहिलो आर एण्ड डी केन्द्र भारतको बैङ्गलोरमा शुरु गरेको थियो ।

हाल हुवावेका विश्वव्यापी रूपमा १४ वटा आर एण्ड डी केन्द्र रहेका छन् । सन् २००१ मा भने हुवावे, अन्तर्राष्ट्रिय दूरसञ्चार संघको क्षेत्रीय सदस्य बनेको थियो ।

यो प्रयत्न भने हुवावेका लागि विश्वव्यापी टेलिकम अग्रज बन्नका लागि सहयोगी ठहरिएको देखिएको छ । अब भने हुवावे ४०० भन्दा बढी संघसंस्था, उद्योग संगठन र खुल्ला स्रोत समुदायहरूको सदस्य रहेको छ ।

सन २००४ मा हुवावेले डच मोबाइलका लागि नयाँ कम्प्याक्ट बेस स्टेसनको स्थापना पनि गरेको थियो । यसमा भने पुरानो ठूलो खालको प्रणालीको सट्टा सबै महत्वपूर्ण सामानहरूलाई एकीकृत गरेर सानो बक्समा हाली एम्लिफायरसँग जोडेर बनाइएको थियो ।

यसले परिचालन लागत पनि कम गरेको थियो र यही यूरोपेली बजारमा सार्वभौमिक मानक बन्न पुगेको थियो । यसैको दुई वर्षपछि स्पेनमा हुवावे र भोडाफोनको बीचमा पहिलो संयुक्त इन्नोभेसन केन्द्र खोलियो । हुवावेले सदैव ग्राहकको मागलाई पहिलो प्राथमिकता दिई सँगै काम गरेर नवीनता ल्याउने लक्ष्य राखेको हुन्छ ।

हुवावेले विश्वभरिमा शीर्ष ग्राहकहरूसँग काम गरेर ३६ ओटा संयुक्त इनोभेसन केन्द्रको स्थापना गरिसकेको छ । २०१० मा आउँदा आउँदै हुवावेले विश्वको ८० प्रतिशत शीर्ष पच्चास टेलिकम कम्पनीहरूसँग काम गरिसकेको थियो ।

हुवावेले विश्वमै पहिलो चोटि सगरमाथाको ५२०० देखि ६५०० मिटर ऊचाइसम्मको मोबाइल नेटवर्कको निर्माण गर्नमा पनि मद्दत पुर्‍याएको थियो । यो दश दिनसम्मको काम रहेको प्रोजेक्ट भने हुवावेका लागि एकदमै गाह्रो प्रोजेक्ट रहेको थियो ।

सन् २०१९ मा हुवावेले १२२.९ बिलियन अमेरिकी डलर राजस्व पुर्‍याएको थियो, जुन १३,२०२० को व्यवसाय परिणाम अनुसार हुवावेको राजस्व ४५४.० बिलियन चिनियाँ यूआन रहेको थियो । यो भने गत सालभन्दा १३.१ प्रतिशतले बढेको हो ।

आफ्नै कर्मचारीहरूको स्वामित्वमा रहेको कम्पनी: हुवावे

जब हुवावे एउटा स्टार्टअप मात्रै थियो, त्यो समयमा बैंकहरू यति सानो उद्यम कम्पनीलाई पैसा दिनका लागि अनिच्छुक रहने गर्दथे । त्यसपछि हुवावेले कर्मचारीहरूलाई नै शेयर बेचेर पूँजी कमाउन थालेको थियो, जुन चलन भने कम्पनीमा अझै पनि रहेको छ ।

कर्मचारीहरूले आफ्नै पैसा खर्च गरेर शेयर खरीद गर्ने गर्दछन् र त्यही शेयरको सङ्ख्याको आधारमा कर्मचारीहरूले वार्षिक लाभांश प्राप्त गर्ने गर्दछन् । कम्पनीमा एक–मत–प्रति–शेयरको आधारमा प्रतिनिधि आयोग गठन गर्नका लागि सदस्यहरू पनि छनौट गर्ने गरिन्छ ।

यस्तो नाफा र जोखिम–साझा प्रणालीले हुवावेलाई दीर्घकालीन विकासको लागि आवश्यक कोष प्रदान गर्ने गर्दछ र यसले शासन र व्यवस्थापनको लागि आधारशिला पनि तयार पार्ने गर्दछ । यसरी निजी रूपमा स्वामित्व रहेको हुवावेले अरू सार्वजनिक कम्पनीहरूको जस्तो समस्याहरू भोग्नु पर्दैन ।

अरू सार्वजनिक कम्पनीहरूमा शेयरधारकहरूले त्रैमासिक आय लक्ष्य प्राप्त गर्ने आशा गर्दछन् भने हुवावेमा यस्तो खालको कुनै दबाब रहेको छैन ।

दबाब मुक्त भएकाले हुवावेले दीर्घकालीन अनुसन्धान र विकासमा आफ्नो ध्यान केन्द्रित गर्ने अवसर पाएको छ । त्यस्तै लाभ भएमा त्यसको पुरस्कार पनि कर्मचारीहरूले नै पाउने गर्दछन् ।

रेन जेङ्गफेईले स्थापना गरेको हुँदा धेरैले उनकै लगानी सबैभन्दा उच्च होला भन्ठान्छन् । तर रेन जेङ्गफेईले हुवावेमा १ प्रतिशत मात्रै अकाउन्ट बाँड्ने गर्दछन् । अरू सबै शेयर भने ८२,४७१ जना कर्मचारीहरूको हो ।

यो उपायले गर्दा रेन जेङ्गफेईले कर्मचारीसँग दुवै जिम्मेवारी र लाभ बाँड्ने गर्दछन् । आफ्नो पनि शेयर भएकाले कर्मचारीहरू अझै लगनशील भएर काम गर्ने गर्दछन् ।

यो कारणले कर्मचारीहरू पनि कम्पनीमा लामो समयसम्म टिक्ने गर्दछन् । यसरी निरन्तर काम गरेकाले हुवावे अहिले विश्वकै ५ जीको क्षेत्रमा अग्र श्रेणीमा रहेको छ ।

नेपालमै नेपालका लागि
हुवावेले नेपालको आइसिटी क्षेत्रका लागि गत २१ वर्षदेखि निरन्तर काम गर्दै आएको छ । सबै उद्योगहरूको डिजिटल रूपान्तरण, आर्थिक वृद्धि र जीवनको गुणस्तर सुधार गर्नका लागि हुवावे एक विश्वसनीय बजार अग्रज हो ।

हुवावे नेपालमा सन् २००० मा नेपालसँगको ५०,००० जीएसएम कन्ट्र्याक्टको साथमा आएको हो र त्यहीँबाट नेपालसँगको टेक्नोलोजी बाँड्ने यात्रा शुरु भएको हो ।

जीएसएमले ठूलो क्षेत्र ओगट्न सफल भएको छ र भूगोलको करिब ७५ प्रतिशत र जनसङ्ख्याको ९० प्रतिशत ओगट्ने गर्दछ । हुवावे नेपालले नै यो सफल पार्न सक्षम भएको हो । हुवावेले २१ वर्षहरूमा नेपालमा दूरसञ्चारको प्रगतिका लागि निरन्तर रूपमा काम गर्दै आएको छ ।

नेपालले केही वर्षदेखि इन्टरनेटको प्रयोगमा एकदमै वृद्धि देखेको छ । २००५ मा नेपालमा इन्टरनेटको खपत १ प्रतिशतभन्दा कम थियो भने २०२० सम्म आउँदै गर्दै इन्टरनेट ३५ प्रतिशत जनसङ्ख्याले प्रयोग गर्न थालेका छन् । ४ जी भने ७७ जिल्लामा नै विस्तार भएको छ ।

यसले शैक्षिक र व्यावसायिक एपहरूको विकासका लागि बाटो पनि खोलिदिएको छ । यसले नेपालको आइसिटी क्षेत्रलाई प्राविधिक स्रोतहरू दिएको छ ।

हुवावेले गत २१ वर्षदेखि भने नेपालमा १०,००० भन्दा बढी रोजगारको अवसरहरू पनि सिर्जना गरेको छ । हुवावे नेपाल सदैव समर्पित भएर काम गर्ने गर्दछ ।

यसको राम्रो उदाहरण भने २०१५ को ठूलो भूकम्प, २०१७ मा आएको तराईको बाढी र २०१९ को हावाहुरीमा पनि हुवावेले गरिरहेको निरन्तर कामले देखाउँछ ।

यस्तो समयलाई हल्का सजिलो भने दूरसञ्चारले बनाएको थियो र हुवावेले नेपाल सरकार र दूरसञ्चार प्राधिकरणहरूलाई छिट्टै नेटवर्क पुनः प्राप्ति गर्नका लागि सहज पारेको थियो ।

कोभिडले विश्वमा हर कोहीलाई धेरै नै प्रभाव पारेको छ । यसले हामी बाँच्ने संसारलाई सधैंभरका लागि परिवर्तन गरेको छ । तर यस्तो अवस्थामा पनि आइसिटी प्रविधिले महामारीमा जीवन सहज पार्नका लागि एकदमै ठूलो भूमिका निर्वाह गरेको छ ।

यसले अर्थतन्त्र सुधारमा पनि ठूलो मद्दत पुर्‍याउनेछ । हुवावेले आइसिटी प्रदायकको रूपमा महामारीमा पनि राम्रो सञ्चारको माध्यम बनेर नेपाली जनतालाई सेवा गर्ने प्रतिबद्धता लिएको छ ।

हुवावेको लक्ष्य

हुवावेको अनुसार भविष्यमा सबै चिज जोडिएर विश्व अझै बुद्धिमानी बन्ने मार्गमा लाग्नेछ । यसले हामी बाँच्ने, काम गर्ने र सिक्ने सबै माध्यममा परिवर्तन ल्याउनेछ ।

नेपालले पनि डिजिटल फ्रेमवर्कका साथमा नयाँ युगमा जाँदैछ । यसले सुन्दर राष्ट्रलाई अझै धेरै अवसरहरू प्रदान गर्ने गर्दछ ।

हुवावेले पनि दूरसञ्चार र इन्टरनेट सेवा प्रदायकहरूलाई सधैंभर सहयोग गरिरहनेछ, जसले गर्दा नेपालमा हाई–स्पीड, राम्रो अनुभव र धेरै रेन्जसम्म नेटवर्कको जडान हुन्छ । यसले सबै मान्छे, परिवार, संघसंस्थालाई एकसँगै ल्याएर डिजिटल नेपाल बनाउँछ ।

हुवावेको आइसिटी समाधानहरूले थुप्रै उद्योग, अर्थतन्त्र, व्यापार, ई–कमर्श, पर्यटनलाई डिजिटलीकरण गर्नका लागि मद्दत पुर्‍याउँछ ।

त्योसँगै हुवावेको अग्रिम टेक्नोलोजी जस्तै ४ जी, ५ जी, डेटा सेन्टर र क्लाउड सेवाले नेपाल सरकारलाई डिजिटल पूर्वाधार बनाउनमा मद्दत पुर्‍याउँछ ।हुवावेको क्लाउड, बिग डेटा र एआई प्लेटफर्मले विभिन्न उद्योगमा डिजिटलीकरण गर्नमा टेवा पुर्‍याउँछ ।

यो वर्ष बैंकिङ र एयरलाइन क्षेत्रबाट हुवावेसँग रणनीतिक सहकार्य भएको छ । भविष्यमा हुवावेको क्लाउड तथा एआई सेवालाई बढाउने अझै योजनाहरू रहेको छ ।

स्मार्ट शिक्षा, स्मार्ट स्वास्थ्य सेवा र स्मार्ट व्यवसायका सेवाहरूले गर्दा हुवावे थुप्रै लोकल पार्टनरहरूसँग सहकार्य गरेर सूचनाको पहुँचमा अझै सुधार गरिरहेको छ । हुवावेले डिजिटल युगलाई एकदमै सकारात्मक ढंगले लिएको छ । सरकारले यसको क्षमतालाई अझै बुझ्दै गएर प्रगति गरेमा अझै राम्रो हुनेछ ।

हुवावे पनि राम्रो जडान, कम्प्युटिङ, क्लाउड र एआईमा काम गरिरहनेछ । सँगै मिलेर काम गरेमा हामी पक्कै पनि सफल हुनेछौं । हुवावेको सबैभन्दा महत्वपूर्ण लक्ष्य भने ग्राहकलाई राम्रो सेवा प्रदान गर्नु नै हो ।