कीवर्डहरू -

महावीर पुनले ग्यालेक्सी फोरके टिभीमा ‘आविष्कार’ कार्यक्रम चलाउने

महावीर पुनले ग्यालेक्सी फोरके टिभीमा ‘आविष्कार’ कार्यक्रम चलाउने

निकट भविष्यमै प्रशारण हुन लागेको ग्यालेक्सी फोरके टिभीमा ‘आविष्कार’ नामक कार्यक्रम सञ्चालन हुने भएको छ । ग्यालेक्सी फोरके टिभीबाट प्रशारण हुने आविष्कार कार्यक्रम राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले चलाउने छन् ।

रवी लामिछाने सहितको टीमले गोरखा मिडिया नेटवर्क अन्तरगत नेपालकै पहिलो फोरके टेलिभिजन ग्यालेक्सी फोरके टिभी प्रसारण गर्ने जानकारी दिएको छ । नक्सालको होटेल मेरियटमा आयोजित एक कार्यक्रममा ग्यालेक्सी फोरके टिभीको घोषणा गरिएको हो ।

ग्यालेक्सी टेलिभिजनबाट रामायण, को बन्छ करोडपति, क्राइम पेट्रोल, सारेगामाप लिटिल च्याम्स, लाल मोहर, फरइभर, सिधाकुरा, द लिडर लगायतका कार्यक्रम प्रशारण हुनेछन् ।