कीवर्डहरू -

भैरहवा कान्छी बजारको तरकारी तथा फलफूल बजारमा नबिल बैङ्कको क्यूआर सेवा

भैरहवा कान्छी बजारको तरकारी तथा फलफूल बजारमा नबिल बैङ्कको क्यूआर सेवा

बिलबैङ्कले भैरहवा कान्छी बजारको तरकारी फलफूल बजारमा क्यूआर भुक्तानी सेवाको शुभारम्भ गरेको छ । नेपाल राष्ट्र बैङ्क प्रादेशिक कार्यालय भैरहवाका निर्देशक सुदिप फुयालले फलफूल खरिद गरी क्यूआर कोडमार्फत भुक्तानी गरी नबिल बैङ्कको क्यूआर भुक्तानी सेवा सुरु गरेका हुन् ।

अब यस बजारमा जाने उपभोक्ताले आफ्नो मोबाइल बैकिङ्ग एप्लिकेसन वा मोबाइल वालेटमार्फत सजिलै खरिद गरेको तरकारी फलफूलको रकम भुक्तान गर्न सक्नेछन् ।

क्यूआर कोड भुक्तानी सेवा उद्घाटनमा नेपाल राष्ट्र बैङ्क प्रादेशिक कार्यालय भैरहवाका निर्देशक सुदिप फुयाल, नेपाल राष्ट्र बैङ्क प्रादेशिक कार्यालय भैरहवाका सहायक निर्देशक रमेश न्यौपाने नबिल बैङ्कका लुम्बिनी प्रदेशका प्रमुख यज्ञ प्रसाद शर्मा, नबिल बैङ्क भैरहवा शाखाका प्रबन्धक लिला प्रसाद ओझा नबिल बैंकका लुम्बिनी प्रदेशका प्रदेश प्रबन्धक मधुजंग कार्की र उक्त बजार व्यबस्थापन समितिका अध्यक्ष दिपक सहानीको उपस्थिति थियो ।

उद्घाटनमा नेपाल राष्ट्र बैङ्क प्रादेशिक कार्यलय भैरहवाका निर्देशकले विभिन्न तरकारी/फलफूल पसलको अवलोकन र निरीक्षण गरेपछि केही पसलमा खरिद गरी आफ्नो मोबाइल बैकिङ्गको क्यूआर कोडमार्फत भुक्तानी सेवा सुरुवात गरे ।

नगद तथा डेबिट र क्रेडिट कार्डको विकल्पमा क्यूआर कोड भुक्तानी छिटो र झन्झटमुक्त छ । छिटो र कारोबारको कुनै शुल्क नलाग्ने भएकाले पछिल्लो पटक उपभोक्ताहरु यो नविन सेवातर्फ आकर्षित भइरहेका छन् ।

डिजिटल कारोबारलाई प्रश्रय दिन र क्यासलेस कारोबारलाई बढावा दिनका लागि नबिल बैंकले सन् २०२० को मार्चदेखि क्यूआर कोड भुक्तानी सेवा सुरु गरेको थियो ।

साथै नबिल बैङ्क भैरहवा शाखाको पहलमा वल्र्ड लिह्क नेपालले भुक्तनी सेवालाई सहजीकरण गर्न  उक्त बजार क्षेत्रमा निःशुल्क वाईफाई समेत जडान गरिदिएको छ ।

अहिले बैङ्कको साथमा देशभर २,००० भन्दा बढी क्यूआर सेवा दिने व्यावसायिक प्रतिष्ठानहरु रहेका छन्, जुन हरेक दिन बढिरहेका पनि छन् । नबिल बैङ्क नेपालको निजी क्षेत्रको अग्रणी बैङ्क हो ।

नबिल बैंकले कोभिड महामारीकै बीचमा नबिल डिजी बैङ्क स्थापना गरेर उपभोक्ताको हरेक कामहरुलाई डिजिटलमार्फत सेवा पुर्याइरहेको बैङ्कले जनाएको छ ।