कीवर्डहरू -

दराज हाट बजारः ईएमआई सेवा, खेल एक रुपैयाँको, महा डिल तथा अन्य धेरै अफरहरु

दराज हाट बजारः ईएमआई सेवा, खेल एक रुपैयाँको, महा डिल तथा अन्य धेरै अफरहरु

नेपालको सबैभन्दा ठूलो अनलाइन बजार दराजले फागुन ११ देखि दराज हाट बजार सुरु हुने घोषणा गरेको छ । यस अभियानका साथ दराजले ग्राहकहरुको लागि महा डील, शून्य व्याजमा सजिलो मासिक किस्त (ईएमआई), खेल १ रूपैयाँको, निः शुल्क वितरण, निःशुल्क भाउचरहरु जस्ता आकर्षक प्रस्तावहरु लिएर आएको छ ।

यसका साथै ग्राहकहरुले दराज हाट बजारमा ५ लाख भन्दा बढी उत्पादनहरू उत्तम मूल्यमा पाउनेछन् जसमा हरेक प्रकारका लुगा कपडा, नयाँ ग्याजेट, किराना, इत्यादी सामानहरू पर्दछन् ।

दराज हाट बजारमा प्रदर्शित ‘खेल १ रुपैयाँको’ गेममा भाग लिये ग्राहकहरुले रु. १९,९९९ मूल्यको नयाँ ‘मोटोरोला जी प्ले’ जस्ता पुरस्कार केवल १ रुपैयाँमा जित्न सक्नेछन् ।

यस बाहेक ग्राहकहरुले रु. १५,९९० मूल्यको ‘अनर वाच म्यगिक’ घडी, साथै रु. २१,७२५ पर्ने आकर्षक ‘तीन सेटको कामिलिंत जक सफ्ट साइड स्पिनर सुटकेस’ पनि जित्न सक्नेछन् । योसहित रु. ७८४५ पर्ने ‘छ महिनाको डिशहोम इन्टरनेट प्याकेज’ पनि जित्न सकिन्छ साथै अन्य उत्पादनहरु पनि रहेका छन् ।

खेलमा भाग लिन ग्राहकहरूले बैङ्क कार्ड मार्फत माथि तोकिएको समानहरुलाई दराज एपमा दिइएको भाउचर कोड प्रयोग गरि १ रुपैयाँमा भुक्तानी गर्न सक्दछन् । यदि जितेनन् भने रकम फिर्ता हुनेछ ।

दराजले एनआईसी एशिया बैङ्क, सनराइज बैङ्क, सिटिजन्स बैङ्क, र माछापुच्छ्रे बैङ्कसँग साझेदारी गरि सजिलो मासिक किस्ता सेवा (ईएमआई) शुरू गरेको छ । माथि उल्लेखित बैङ्कका ग्राहकहरूले उनीहरूको क्रेडिट कार्डको साथ आफुलाई मनपरेको उत्पादनहरू शून्य ब्याज र शून्य डाउनपेमेन्टमा खरिद गर्न सक्दछन् ।

यसबाहेक, ग्राहकहरूले दराज बैङ्क डेज छूटमार्फत डेबिट र क्रेडिट कार्ड बाट प्रीपेमेन्ट गर्दा थप १५ प्रतिशत (रु ५०० सम्म) छुट् पाउन सक्छन् । यो अफर प्रत्येक दिन एकल बैङ्कमा सीमित छ ।

यस्ता छन् बैङ्क डेज अफर

-आइतवारः सिद्धार्थ बैङ्कबाट १५ प्रतिशत सम्म छूट (अधिकतम रु. ५००)
-सोमबारः सानिमा बैङ्कबाट १० प्रतिशत सम्म छूट (अधिकतम रु. ५००)
-बुधवारः एनआईसी एशिया बैङ्कबाट १० प्रतिशत सम्म छूट (अधिकतम रु. ५००)
-शुक्रवारः नाबिल बैङ्कबाट १० प्रतिशत सम्म छूट (अधिकतम रु. ५००)
-शनिवारः स्ट्याण्डर्ड चार्टर्ड बैङ्कबाट १० प्रतिशत सम्म छूट (अधिकतम रु. ५००)

साथै उच्च मागका कारण, दराजले आफ्नो वितरण सेवा उपत्यका बाहिरका २० नयाँ स्थानहरुमा विस्तार गरेको छ । यसकारण सुरक्षित र सजिलो अनलाइन किनमेलका फाइदाहरू अनुभव गर्न यो अभियान नयाँ प्रयोगकर्ताहरूको लागि उत्कृष्ट सुरूवात हुनेछ ।

दराजले बर्दिबास,भीमदत्त, महेन्द्रनगर, छिरेश्वरनाथ, दमौली, देवदह, गैँडाकोट, कलैया, कपिलवस्तु, कावासोती खैरेनी, लहान, लेखनाथ, लुम्बिनी सांस्कृतिक, रामग्राम, राप्ती, रत्ननगर, सैनामैना, सुनवाल, तिलोत्तमा, जलेश्वरमा सेवा विस्तार गरेको छ ।

साथै, दराजका सबै नयाँ प्रयोगकर्ताहरूले रु. २०० मूल्य भएको पहिलो अर्डर भाउचर निःशुल्क पाउनेछन् । यो केवल नयाँ प्रयोगकर्ताहरुको लागि मात्र हो ।

यो दराज एप पहिलो चोटी खोल्दा पाइन्छ र २ हजार वा अधिकको समान खरिद गर्दा प्रयोग गर्न मिल्छ । हाट बजारमा नयाँ प्रयोगकर्ताले अतिरिक्त भाउचरहरू जित्ने मौका पनि प्राप्त गर्नेछन।

निःशुल्क वितरण, निःशुल्क भाउचरहरू, र बैङ्क डेज छुट, र नयाँ ग्राहकलाइ थप छूट हुने भएकोले हाट बजार दराजबाट अनलाइन किनमेल गर्नको लागि उत्तम समय हो ।

हाट बजार को लागि उत्साहित दराज नेपालका प्रबन्ध निर्देशक, लिनो अलरिङ्गले भने, ‘ईएमआई सेवाको सुरुवात, साथै अन्य थुप्रै अफरहरु, र नेपालको धेरै नयाँ स्थानहरुमा दराजको होम डेलिभरी सेवा विस्तार भएकोले दराज हाट बजार दुबै नयाँ र पुराना दराज प्रयोगकर्ताहरुको लागी दराजबाट अनलाइन किनमेल गर्न उत्तम समय हो ।’