कीवर्डहरू -

नेपाली बजारमा प्रवेश गर्दै स्पोटीफाई

नेपाली बजारमा प्रवेश गर्दै स्पोटीफाई

अडियो स्ट्रीमिङ प्लेटफर्म स्पोटीफाई नेपालमा पनि सार्वजनिक हुने भएको छ । नेपालसँगै स्पोटीफाई थप ८४ नयाँ बजारमा पनि उपलब्ध हुने भएको छ ।

यो सँगै स्पोटीफाईले आफ्नो प्लेटफर्ममा ३६ नयाँ भाषाहरुलाई पनि सपोर्ट गर्ने भएको छ । स्पोटीफाईले आफ्नो मार्केट एसिया, यूरोप, क्यारेबियन र अफ्रिकामा विस्तार गरेको हो ।

सुरुका केही दिनमा स्पोटीफाईको सर्भिस एक ठाउँबाट अर्काेमा भिन्न हुन सक्ने कम्पनीको भनाइ छ ।

एनगोला, एन्टीगुआ, बारबुडा, अजेरबाइजान, बाहामास, बङ्गलादेश, बारबाडोस, बेलिज, बेनीन, भुटान,बट्सवाना, बु्रनेई डारुसालाम, बक्रिना फासो, बुरुन्डी, काबो भर्ड, क्यामबोडिया, क्यामेरुन, चाड, कोमोरोस, कोटे डी इभोयर, कुराकाओ, डजीबाउटी, डोमिनिका, इक्वेटरीयल गीनीया, ईस्वातिनी, फिजी, गाबोन, ग्याम्बिया, जोरजियामा स्पोटीफाईको सेवा उपलब्ध हुनेछ ।

त्यसैगरी घाना, ग्रीनाडा, गीनीया, गीनीया बिसाऊ, गुयाना, हाईटी, जमैका, केन्या, किरीबाटी, कृजकस्थान,लाओ पीपल्स डेमोक्रेटिक रिपब्लिक, लेसाथो, लिबेरीया, मकाऊ, माडागासकर, मालावी, मालदिब्स, माली, मार्सल आईल्याण्ड, मौरीटानिया, मौरीटियस, माइक्रोनेसिया, मङगोलिया, मोजेमबिक, नामिबिया, नाउरु, नेपाल, नाइजेरिया, पाकिस्तान, पलाऊमा पनि सेवा विस्तार हुने जनाइएको छ ।

प्यापुआ न्यू गीनीयना,रवान्डा,सामोआ, सान मारिनो, साओ टोमर प्रिन्सीपी, सेनीगल, सेचेलस, सीएरा लीओन, सोलोमन आइल्याण्ड, श्री लङ्का, सेन्ट किट्स, सेन्ट लुसिया, सेन्ट भिन्सेन्ट, सुरीनेम, टान्जानिया, टिमोर लेस्टे, टोगो, टोङ्गा, टिरीनीडाड, टोबागो,टुभालु, उग्याण्डा, उजबेकीस्तान, भानुआटु, जाम्बिया र जिम्बावेमा पनि स्पोटिफाईको सेवा उपलब्ध हुने जनाइएको छ ।