कीवर्डहरू -

अब नेपालमा अनलाइनबाटै माटो परिक्षण गर्न सकिने, यसरी लिनुहोस् जानकारी

अब  नेपालमा अनलाइनबाटै माटो परिक्षण गर्न सकिने, यसरी लिनुहोस् जानकारी

नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक भएको छ । नेपालले दक्षिण एशियामै पहिलो पटक माटोको डिजिटल अर्थात विद्युतीय नक्सा बनाएर सार्वजनिक गरेको हो ।

काठमाडौंको होटेल याक एण्ड यतिमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल सोयल म्याप सार्वजनिक गरेका हुन् । अब वेबसाइटबाटै देशको जुनसुकै कुनाको माटोको जानकारी लिन सकिने छ ।

\"\"

प्रदेश, जिल्ला, पालिका, वडाको मात्रै होइन कुनै बिन्दुमा एक क्लिक गरेपछि त्यहाँको माटोको गुणस्तरबारेमा जानकारी पाउन सकिने गरी डिजिटल नक्सा तयार गरिएको छ ।

प्रदेश, जिल्ला, पालिका, वडाको मात्रै होइन कुनै बिन्दुमा एक क्लिक गरेपछि त्यहाँको माटोको गुणस्तरबारेमा जानकारी पाउन सकिने गरी डिजिटल नक्सा तयार गरिएको छ ।

सिमेटको प्राविधिक सहयोग र यूएएआईडीको आर्थिक सहयोगमा राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रले डिजिटल नक्सा तयार पारेको हो ।

यो नक्सा नेपालका सबै प्रदेशको प्रतिनिधित्व हुने गरी विभिन्न ५६ जिल्लाबाट कूल २३ हजार २ सय ७३ वटा माटोका नमुनाहरुको परीक्षण गरी तिनको नतिजाको विश्लेषणको आधारमा तयार गरिएको हो ।

नक्सा तयार पार्ने क्रममा स्याटेलाइट इमेजका आधारमा माटोका गुणहरु निर्धारणमा भूमिका खेल्ने विभिन्न वातावरणीय कारकतत्वहरु (कोभेरियट) मध्ये १६८ वटा तत्वहरुलाई मध्यनजर गरिएको छ ।

यी सबैका आधारमा र्‍यान्डम फरेष्ट नामक मेसिन लर्निङ प्रणाली प्रयोग गरी विभिन्न स्थान विशेषको माटोका गुणहरुको पूर्वानुमान निकालिएको हो ।

माटोको डिजिटल नक्साबाट भौगलिक स्थान विशेषका माटोको प्रकार थाहा पाउन सकिन्छ । साथै माटोमा रहेको अम्लीयपना, प्राङ्गारिक पदार्थको मात्रा, नाइट्रोजन, फस्फोरस तथा पोटासको मात्रा, सुक्ष्म पोषकतत्व, जिंक, तथा बोरोनको मात्रा थाहा पाउन सकिन्छ ।

\"\"

यसरी लिनुहोस् जानकारी

डिजिटल नक्सा प्रयोग गर्न सबैभन्दा पहिले यहाँ क्लिक गर्नुहोस् । त्यसपछि म्याप सेक्सनमा जानुहोस् र सोयल म्याप खोल्नुहोस् । त्यसपछि नेभिगेसन प्यानलमा गई टुलमा रहेको जुम बटन प्रयोग गरी म्याप तानेर चाहेको भागलाई ठूलो बनाई हर्नुहोस् ।

अनि पोलिगन टुल छान्ने र कुन एरियामा जाने हो त्यो एरियामा गई चौकोण वा त्रिकोण आकार बनाएर आफुले चाहेको क्षेत्र छानी त्यहाँबाट माटोको बारेमा जानकारी लिन सकिने छ ।

साथै माटोको जानकारी कम्प्युटर वा मोबाइलमा डाउनलोड गर्न समेत सकिने छ ।