कीवर्डहरू -

दराज हाट बजारमा १ रुपैयाँमै डिशहोम फाईबर नेट पाइने

दराज हाट बजारमा १ रुपैयाँमै डिशहोम फाईबर नेट पाइने

फागुन ११गते देखि सुरु भएखओ दराज हाट बजारमा अभ १ रूपैयाँमा नै डिशहोमको फाईबर नेटको ६ महिनाको प्याकेज जित्न सकिनेछ ।

नेपालको परिचित अनलाइन सपिङ ब्राण्ड दराज र डिशहोम बीचको सहकार्य अनुरुप दराज हाट बजारमा ७ हजार ८ सय ४५ पर्ने डिशहोम फाईबर नेटको प्याकेज खेल १ रुपैयाको गेममा भाग लिएर जित्न सकिनेछ ।

यसका साथै डिशहोमको नयाँ कनेक्सन, उपकरण तथा कम्वो प्याकेज पनि आकर्षक छुटमा दराज मार्फत खरिद गर्न सकिनेछ ।

ग्राहकहरु लाई थप सेवा सुविधा दिने उद्देश्यले डिशहोमले दराज संगको सहकार्यमा डिशहोमको उपकरणहरु सहुलियत मुल्यमा अनलाईन मार्फत खरिद गर्न सकिने व्यवस्था गरेको छ ।

यसबाट ग्राहकहरुले डिशहोमको नयाँ कनेक्सन र प्याकेजहरु आकर्षक छुट मुल्यमा सजिलै अनलाईन मार्फत पनि खरिद गर्न सक्ने डिशहोमले जनाएको छ ।