कीवर्डहरू -

आज डिजिटल लर्निङ डे, नेपालसहित विश्वभर मनाइँदै

आज डिजिटल लर्निङ डे, नेपालसहित विश्वभर मनाइँदै

आज फ्रेबुअरी २५ अर्थात डिजिटल लर्निङ डे । सन् २०१२ देखि मनाउन थालिएको डिजिटल लर्निङ डे हरेक वर्ष फेब्रुअरी २५ मा विविध कार्यक्रमको आयोजना गरी विश्वभर मनाइन्छ ।

नेपालमा पनि गत २ वर्ष देखि डिजिटल लर्निङ डे मनाउन थालिएको हो ।  यसपटक डिजिटल शिक्षाका लागि सँगै नारा सहित विशेष कार्यक्रम आयोजना गरी नेपालमा डिजिटल लर्निङ डे मनाइँदै छ ।

निमा एकेडेमीको आयोजना तथा लिभिङ विथ आइसिटी र सोचवेयरको सह आयोजनामा सञ्चालन हुने  कार्यक्रम बिहान ११ बजेदेखि होटेल हिमालयमा शुरू हुनेछ ।

डिजिटल लर्निङ डे र लिभिङ विथ आइसिटीको फेसबुक पेज मार्फत कार्यक्रमको प्रत्यक्ष प्रसारण हुने आयोजकले जानकारी दिएको छ ।

कार्यक्रममा ‘रिइमाजेनिङ डिजिटल एजुकेशन: पोलिसी एण्ड प्लानिङ’ विषयमा पहिलो प्यानल डिस्कसन सञ्चालन हुनेछ भने ‘फ्युचर अफ डिजिटल एजुकेशन’ विषयमा दोस्रो तथा अन्तिम प्यानल डिस्कसन सञ्चालन हुनेछ ।

पहिलो प्यानल डिस्कसनमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव आदेश खड्का, ओरियन्ट कलेज बसुन्धाराका लेक्चर भोजराज घिमिरे, चन्दबाघ स्कूलकी प्रिन्सीपल निरा प्रधान र पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेश प्रसाद भट्टराई सहभागी हुनेछन् । यस सेसनलाई माइक्रोसफ्टका प्रतिनिधि दिपेन्द्र बज्राचार्यले मोडरेट गर्ने छन् ।

त्यस्तै दोस्रो प्यानल डिस्कसनमा फ्युज मेसिनका दक्षिण एशिया निर्देशक पराग श्रेष्ठ, कारखानाला सिईओ पवित्र गौतम, ओरियन्ट कलेज बसुन्धारकी लेक्चर प्राप्ति थापा र एनप्याबसनका सचिव सुवास न्यौपाने सहभागी हुनेछन् । यस सेसनलाई सोसल चेञ्जमेकरकी प्रोडक्ट म्यानेजर इभा ज्ञवालीले गर्ने छन् ।

कार्यक्रममा ‘कि नोट स्पिकर’ को रूपमा समेत अन्तर्राष्ट्रिय स्तरबाट एक विज्ञको सहभागिता रहनेछ । विभिन्न विज्ञहरूले डिजिटल शिक्षाको बारेमा बहस तथा प्रस्तुति गर्ने उक्त कार्यक्रम होटल हिमालयमा आयोजना हुनेछ ।

कार्यक्रममा यस क्षेत्रमा काम गरिरहेका सरोकारवाला, विश्वविद्यालयका प्रतिनिधि र विद्यालयका प्रिन्सिपल, शिक्षक र विज्ञहरू सहित एक सय जनाभन्दा बढीको सहभागिता हुने अपेक्षा गरेको आयोजकले जनाएको छ ।

आयोजकका अनुसार डिजिटल लर्निङ डेको अवसरमा २ दिन विद्यार्थी तथा शिक्षकहरूका लागि वर्कशप तथा इन्फरमेटिभ सेसनहरू समेत आयोजना भइसकेका छन् ।

त्युस्तै कार्यक्रमको सपोर्ट पार्टनरमा कारखाना, डिजिटल पेमेन्ट पार्टनरमा कनेक्ट आइपीएस, इन्टरनेट पार्टनरमा भायानेट, कम्युनिटी पार्टनरमा सीएसआईटी एशोशिएसन नेपाल, एलइडी पार्टनरमा पिक्सेल टच, एसएमएस पार्टनरमा स्प्यारो एसएमएस, इनर्जी पार्टनरमा लुमिनस र आर्नट्रेड रहेका छन् ।