कीवर्डहरू -

साओमी, गूगल र ओप्पोले फोल्डेबल फोनमा सामसङकै ओएलइडी डिस्प्ले प्रयोग गर्न सक्ने

साओमी, गूगल र ओप्पोले फोल्डेबल फोनमा सामसङकै ओएलइडी डिस्प्ले प्रयोग गर्न सक्ने

साओमी, गूगल र ओप्पोले फोल्डेबल फोन बनाउन सामसङकै ओएलइडी डिस्प्ले प्रयोग गर्न सक्ने छन् ।

गत सालको एक अनलाइन रिपोर्टमा  भिभो, ओप्पो, साओमी र गूगलले फोल्डेबल फोन बनाउने बताइएको थियो । रिपोर्ट अनुसार ओएलइडी डिस्प्ले प्रयोग गरिएका फोनहरु यो वर्षनै सार्वजनिक हुनेछन् ।

ओप्पोले पनि क्लामसेल डिजाइन भएको फोल्डेबल फोन सार्वजनिक गर्ने बताएको छ । कम्पनीले फोल्डेबल प्यानल सामसङ डिस्प्ले, बीओई र भिजनोक्ससँग सहकार्य गरेर प्रयोग गर्ने भएको छ ।

गूगलले पनि सामसङलाई ७.६ इन्चको ओलएईडी प्यानेल बनाउन भनेको छ । गूगलले अहिले सम्म डिजाइन कस्तो बनाउने बारे सोचेको छैन् ।

साओमीको फोन ८ इन्चको मेन डिस्प्ले र ६.३८ इन्चको एक्सटर्नल डिस्प्लेसँग आउने जनाइएको छ । अहिलेको समयमा सबैभन्दा धेरै फोल्डेबल स्मार्टफोन भएको कम्पनी सामसङ नै हो ।