कीवर्डहरू -

सरकारले साझा यातायातमार्फत विद्युतीय बस  खरिद गर्ने

सरकारले साझा यातायातमार्फत विद्युतीय बस  खरिद गर्ने

साझा यातायातमार्फत विद्युतीय बस  खरिद  प्रक्रिया पुनः  सुचारु  भएको  छ । सम्झौताअनुसारको खरिद प्रक्रियाको मोडालिटी नभएको भन्दै  विद्युतीय  बस  खरिदमा  रोक  लगाएको  भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले काम अघि बढाउन निर्देशन दिएको छ ।

मन्त्रालयले  जुन  प्रक्रियामा  काम  रोकिएको  छ त्यहीँबाट खरिद प्रक्रिया अघि बढाउन साझा यातायातलाई पत्राचार गरेको छ । खरिद प्रक्रिया अघि बढाउन लागिएको साझा   यातायात   सञ्चालक   समिति   सदस्य   भूषण तुलाधरले  जानकारी  दिए ।

उनले  भने, ‘करिब दुई वर्षअघि जुन विन्दुका काम रोकिएको थियो त्यहीँबाट काम अघि बढाउन लागेका छौँ, त्यतिबेला स्पेसिफिकेसन डाफ्टको प्रक्रियामा थियौँ अब काम अघि बढ्छ ।’

करिब  दुई  वर्षअघि  तीन  सयवटा  विद्युतीय  बस खरिद  गर्न  साझा  यातायातलाई  सरकारले  तीन  अर्ब रुपियाँ उपलब्ध गराएको थियो ।

सम्झौता अनुसार काम हुन  नसकेको  भन्दै  मन्त्रालयले  साझा  यातायातलाई दिएको सो रकम फिर्ता मागेको थियो ।तर साझाले सो रकम  फिर्ता  भने  गरेको  थिएन र काम  अघि  नबढाउन मन्त्रालयले पत्राचार गरेपछि रोकिएको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।