कीवर्डहरू -

रुपन्देहीमा १ महिने कम्प्युटर प्रशिक्षण कार्यक्रम सम्पन्न 

रुपन्देहीमा १ महिने कम्प्युटर प्रशिक्षण कार्यक्रम सम्पन्न 

रुपन्देहीको कञ्चन गाउँपालिकाले आयोजना गरेको १ महिने कम्प्युटर तालिम सम्पन्न भएको छ । उक्त कम्प्युटर तालिममा गाउँपालिका भित्रका सामुदायिक र संस्थागत विद्यालयका ७४ जना शिक्षकहरु सहभागी भएका थिए ।

नमुना प्रगति माध्यमिक विद्यालय र हरैया माध्यमिक विद्यालयमा दुई ग्रुप बनाएर तालिम दिइएको थियो । १ महिने कम्प्युटर प्रशिक्षण तालिम ईश्वरी ज्ञवालिले दिएका थिए । यस्तै तालिममा सहभागी सुरेन्द्र सुवेदीले गाउँपालिकाले उपलब्धिकमूलक तालिम आयोजना गरेको र प्रविधि सम्बन्धि धेरै कुरो सिक्ने मौका मिलेको बताए ।

यस्तै कार्यक्रममा कञ्चन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेख बहादुर बस्नेतले शिक्षकले सिकेका कुरा आफ्नो दैनिक प्रयोगमा ल्याउन सके उपलब्धि हुने बताए थिए ।

कञ्चन गाउँपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले गाउँपालिकाले समेत शिक्षामा ठुलो लगानी गरेकोले लगानी अनुसार शिक्षामा परिवर्तन चाहेको बताए । प्रविधिमैंत्री शिक्षा आजको आवश्यकता भएको उनले बताए ।

‘गत साल १५ दिन तालिम भएपनि यो वर्ष १ महिने तालिमले धेरै कुरो सिकाएको छ,’ शिक्षा शाखा प्रमुख रमेश भुसालले भने, ‘सिकेका कुरा प्रयोगमा ल्याए मात्रै १ महिना प्रशिक्षकले दिएको समय र गाउँपालिकाले गरेको लगानीको सही मुल्यांकन हुन्छ ।’