कीवर्डहरू -

म्यानमारको सैनिक अकाउन्ट माथि फेसबुकको प्रतिबन्ध

म्यानमारको सैनिक अकाउन्ट माथि फेसबुकको प्रतिबन्ध

फेसबुकले म्यानमारको मिलिटरी (सैनिक) लाई अनिश्चित समयको लागी प्रतिबन्ध गरेको छ । मिलिटरीको मिडिया या मिलिटरी अन्र्तगत रहेको कुनै पनि अकाउन्टलाई फेसबुक र इन्स्टाग्रामले सपोर्ट गर्दैन् ।

विगतमा गरेको हिंसा र फेब्रुअरी १ मा भएको सैनिक कुको कारणले यी दुई सामाजिक सञ्जालले म्यानमारको मिलिटरी अर्थात ताटमाडाउको अकाउन्टहरुलाई प्रतिबन्ध गरिदिएको हो ।

आउँदा दिनमा यी अकाउन्टहरुले हिंसाको क्रियाकलापलाई प्रवद्र्धन गर्न  सक्ने भएकाले फेसबुकले यी अकाउन्टहरु माथि प्रतिबन्ध लगाएको हो ।

सन् २०१८ मा पनि गूगलले ताटमाडाउको २० ओटा अकाउन्टहरुलाई प्रतिबन्ध गरेको थियो । कम्पनीले मिलिटरीको प्रमुख पेजलाई पनि डिलिट गरिदिएको छ ।

ताटमाडाउले गत महिना फेसबुक, इन्स्टाग्राम, मेसेन्जर, हवाट्सएपलाई अस्थायी रुपमा ब्लक गरेको थियो ।