कीवर्डहरू -

आफ्नै प्रोसेसर प्रयोग भएको ल्यापटप ल्याउँदै सामसङ

आफ्नै प्रोसेसर प्रयोग भएको ल्यापटप ल्याउँदै सामसङ

सामसङले यो वर्ष एएमडी ग्राफिक भएको एक्सीनोस ल्यापटप सार्वजनिक गर्न सक्ने भएको छ ।

जेडीनेट कोरियाको अनुसार सामसङले विन्डोज टेन ल्यापटप ल्याउनेछ जसमा एक्सीनोस चीप र एएमडी जीपीयू हुनेछ ।

रिपोर्ट अनुसार कम्पनीले ग्यालेक्सी नोट सार्वजनिक गरेपछि वर्षको दोस्रो भागमा एक्सीनोस ल्यापटप सार्वजनिक गर्नेछ ।

अहिले सम्म सामसङले आफ्नो सबै ल्यापटपमा क्वालकमकै चीप प्रयोग गर्दै आएको छ ।

तर अब भने सामसङले आफ्नै चीप प्रयोग गर्ने भएको छ । यसले ल्यापटपको परफरमेन्समा कति प्रगति ल्याउँछ भनेर भन्न गाह्रो नै छ ।