कीवर्डहरू -

गूगलले वेयर ओएसको बग फिक्स गर्ने

गूगलले वेयर ओएसको बग फिक्स गर्ने

गूगलले तीन महिना अघिको वेयर ओएसमा भएको बगको समस्यालाई ठिक गर्ने भएको छ । वेयर ओएसमा गूगल एसिस्टेन्टले तीन महिना देखि प्रतिक्रिया दिइरहेको छैन् ।

कम्पनीले सोही कुरालाई याद गरेर समस्यालाई ठिक गर्ने भनेको छ । कम्पनीले अरु केही समस्या भएमा पनि समाधान गर्ने जनाएको छ ।

गूगलले ठयाक्कै बगलाई कहिले फिक्स गर्ने भनेर चाहिँ बताएको छैन् । गूगलले यस पछि एपको लञ्च र बुट टाइम २० प्रतिशतले चाँडो हुने बताएको छ ।

साथै कम्पनीले थुप्रै वाच मोडहरुमा पनि सुधार ल्याउने बताएको छ । यसले डिभाइस कन्ट्रोलमा पनि परिवर्तन ल्याउने छ भने पेयरिङ वेयर ओएसको प्रक्रियामा पनि सुधार गर्ने भएको छ ।