कीवर्डहरू -

ट्वीटरमा सेफ्टी मोड फिचर आउँदै, नराम्रो कमेन्टहरुलाई आफै ब्लक गर्न सक्ने

ट्वीटरमा सेफ्टी मोड फिचर आउँदै, नराम्रो कमेन्टहरुलाई आफै ब्लक गर्न सक्ने

ट्वीटरले स्वत रुपमा नराम्रो कमेन्टहरुलाई ब्लक गर्न सक्ने सेफ्टी मोड ल्याउन काम गरिरहेको छ ।

यो प्रणालीले उत्पीडन गर्ने अकाउन्टहरुलाई आफै डिटेक्ट गरेर ब्लक गरिदिने छ । कम्पनीले सेयर गरेको स्क्रीन सटको अनुसार प्रयोगकर्ताले अब देखि सेफ्टी मोडको टगल अन गर्न सक्नेछन् ।

त्यसपछि ट्वीटरले स्वत रुपमा नराम्रो शब्द तथा अभद्र भाषा प्रयोग गर्ने अकाउन्टलाई म्यूट गरिदिनेछ भने ट्वीटरको नियम पालना नगरेको अकाउन्टहरुलाई ब्लक पनि गरिदिनेछ ।

यो फिचरले उत्पीडन या अभद्र भाषा प्रयोग गर्नेलाई सात दिन सम्म ट्वीट गर्न सक्ने क्षमतामा पनि कमि गरिदिन्छ ।

यो फिचर प्रयोगमा आएको समयमा ट्वीटरले प्रयोगकर्ताहरुलाई नोटिफिकेसन पनि दिनेछ । सेफ्टी मोड कहिले सार्वजनिक हुन्छ भनेर कम्पनीले अहिले सम्म जानकारी दिएको छैन् ।