कीवर्डहरू -

शिखर इन्स्योरेन्सको च्याटबटबाट सेवा लिने दिनदिनै बढ्दै, यसरी लिनुहोस् सेवा

शिखर इन्स्योरेन्सको च्याटबटबाट सेवा लिने दिनदिनै बढ्दै, यसरी लिनुहोस् सेवा

शिखर इन्स्योरेन्सले गत मंसिर १७ गतेदेखि सुरु गरेको च्याटबटमार्फत कुनैपनि सेवा लिन चाहनेहरुको संख्या दैनिक बढ्न थालेको छ ।

सम्पूर्ण बीमा क्षेत्रमा नै पहिलो पटक भाइबर र फेसबुक म्यासेन्जरमा च्याटबट प्रयोग गरेर आफ्ना बीमा सेवाहरु उपलब्ध गराउन थालेको शिखर इन्स्योरेन्सले इन्स्योरेन्स गर्नका लागि अफिससम्म पुग्ने समय नभएका र प्रविधिको दायरालाई बीमा क्षेत्रमार्फत बढाउन सकिने सम्भावना र आवस्यकता महसुस गरि सुरु गरेको च्याटबट नयाँ माध्यम हो ।

अधिकांशको हातमा एन्ड्रोइड मोबाइल हुन्छ । घरमा होस वा अफिस आफूलाई पायक पर्ने र नेटवर्कको सुविधा भएको कुनैपनि ठाउँबाट च्याटबटमार्फत शिखर इन्स्योरेन्समा उपलब्ध पोलिसिहरुको सेवा लिन सकिने भएको छ ।

यसको लागि फेसबुक म्यासेन्जरमा लगइन गर्नुपर्ने हुन्छ भने भाइबरमा कम्पनीको क्यूआर कोड स्क्यान गर्नुपर्छ । इन्टरनेटको पहुँच भएका ग्राहकहरुको लागि यो सुविधा अत्यन्तै सहयोगी र प्रभावकारी छ ।

यसैगरी, आफूले लिन चाहेको बीमा सेवाका बारेमा च्याटबटमार्फत जानकारी मात्र गराएमा शिखर इन्स्योरेन्सको सम्बन्धित निकायले तुरुन्तै ग्रहाकसँग कुरा गर्नेछन् । यस पश्चात ग्राहकले आफ्ना कुरा सरल तथा सहजै राख्न सक्छन् ।

च्याटबटका कारण ग्राहकहरुको समयको बचत हुनुको साथै महामारीका बेला स्वास्थ्य सुरक्षामा आइपर्ने चुनौतीसँग पनि जुध्न पर्दैन । च्याबटमार्फत शिखर इन्स्योरेन्सको कुनैपनी सेवा तत्कालै लिन पाइने कम्पनीले जनाएको छ ।

कोभिडको कारणले सम्पूर्ण विश्व नै प्रभावित भइरहेको अवस्थामा च्याटबटको सेवा आपतकालिन र सहजताका लागि ग्राहकहरुले घरमै बसी सुरक्षित तवरले बीमा सेवाहरु लिन सक्छन् ।

ग्राहकहरुले उक्त माध्यमबाट बीमा पोलिसी खरिद, दाबीको जानकारी, बीमा पोलिसीको प्रति इमेल, बीमा नवीकरण, बीमा सम्पुष्‍टि, केवाइसी अपडेट जस्ता सेवाहरु लिन सक्छन् । साथै बीमाका ग्राहकहरुले च्याटबटमा आफ्ना सुझावहरु समेत दिन सक्नेछन् ।

यसका साथै अन्य सुविधाहरु समयसापेक्ष अपग्रेड गरी समावेश गर्दै लाने र निकट भविष्यमा ग्राहकहरुले सोही माध्यमबाटै बीमालेख प्राप्त गर्न सक्ने व्यवस्था समेत मिलाउने शिखर इन्स्योरेन्सले जनाएको छ ।

शिखरले ल्याएको उक्त च्याटबटले स–साना कुराका लागि कम्पनी धाउनै पर्ने बाध्यतालाई अन्त्य गर्ने सम्भावना बढ्ने देखिन्छ । हाल शिखर इन्स्योरेन्सले आफ्ना १०३ शाखाबाट २२ भन्दा बढी बीमाहरुको सेवा विस्तार गर्दै आइरहेको छ ।