कीवर्डहरू -

सीडीएससीले ल्यायो आईपीओको मात्रै नतिजा हेर्न मिल्ने नयाँ वेबसाइट

सीडीएससीले ल्यायो आईपीओको मात्रै नतिजा हेर्न मिल्ने नयाँ वेबसाइट

आइपीओको मात्रै नतिजा हेर्न सकिने गरी नयाँ वेबसाइट सञ्चालनमा आएको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेडले आइपीओको नतिजा हर्नका लागि नयाँ वेबसाइट सञ्चालनमा ल्याएको हो ।

सीडीएससीले बिक्री प्रबन्धकको वेबसाइट, मरो शेयर एप र मेरो शेयरको वेबसाइटबाट मात्रै नतिजा हेर्न सकिने व्यवस्था भएपछि चापले गर्दा लगानीकर्तालाई नतिजा हेर्न समस्या परेको थियो ।

शुक्रबार महिला लघुवित्तको आइपीओको नतिजा हेर्न कठिन भएपछि नयाँ डेडिकेटेड वेबसाइट ल्याइएको हो । अब यहाँ क्लिक गरी आईपीओको नतिजा हेर्न सकिने छ ।