कीवर्डहरू -

निसानले ल्यायो ५० प्रतिशत थर्मल एफीसियन्सी दिने ई–पावर

निसानले ल्यायो ५० प्रतिशत थर्मल एफीसियन्सी दिने ई–पावर

निसानको नयाँ ई–पावरले ५० प्रतिशत थर्मल एफीसियन्सी दिने भएको छ । अरु गाडीहरुको इन्जिन विशेष गरी ४० प्रतिशत थर्मल एफीसियन्सीको हुन्छ भने निसानले ५० प्रतिशत थर्मल एफीसियन्सीको इन्जिन विकास गरेको हो ।

इन्धनको खपत भएपछि निसानको गाडीले ५० प्रतिशत ऊर्जालाई प्रयोग गर्छ र बाँकीको ५० प्रतिशत व्यर्थमै जान्छ ।

कम्पनीलाई पहिले ३० देखि ४० प्रतिशत पु¥याउन ३० वर्ष लागेको थियो तर ई–पावरले गर्दा यो केही वर्षमै ५० प्रतिशत पुग्न सफल भएको हो ।

भविष्यमा निसानले सन् २०३० सम्ममा आफ्नो सबै नयाँ मोडेलहरुलाई इलेक्ट्रीक बनाउने लक्ष्य राखेको छ ।

निसानको हाईब्रिड कार प्रणालीले कारबनडाईअक्साइडको उत्पादन पनि कम गर्दछ ।