कीवर्डहरू -

क्यान महासंघको पर्सा शाखा देशकै उत्कृष्ट शाखाका रुपमा सम्मानित

क्यान महासंघको पर्सा शाखा देशकै उत्कृष्ट शाखाका रुपमा सम्मानित

कम्प्युटर एशोशिएसन नेपाल (क्यान) महासंघले पर्सा शाखालाई देशकै उत्कृष्ट शाखाका रुपमा सम्मानित गरेको छ । शनिबार काठमाडौंमा आयोजित क्यान महासंघको २७ औं साधारणसभामा क्यान महासंघको पर्सा शाखालाई देशकै उत्कृष्ट शाखाका रुपमा सम्मानित गरिएको हो ।

क्यान महासंघ पर्सा शाखाका अध्यक्ष दिपक शाहले शाखाले विगत एक वर्षमा गरेको काम, कार्यक्रम र गतिविधिहरूको मूल्याङ्कन गर्दै शाखालाई सम्मानित गरेको बताए ।

उनले भने, ‘कोभिड महामारीको बीचमा पनि हाम्रो शाखालाई सक्रिय राख्दै विभिन्न कार्यक्रमहरू गर्न निरन्तर खट्ने क्यान महासंघ पर्साका सम्पूर्ण कार्यसमिति सदस्य र साधारण सदस्यहरुलाईसमेत धन्यवाद दिन चाहन्छु ।’

‘क्यान महासंघ पर्साले गरेको परिश्रम, महिनेत र लगनशीलताको फलस्वरूप देशको उत्कृष्ट शाखा हामी बन्न सफल भएका छौँ,’ साहले भने ‘हामीले प्राप्त गरेको यस सम्मानले क्यान महासंघ पर्सालाई थप क्रियाशील बनाएर आगामी दिनमा अझै सक्रिय रूपमा काम गर्न प्रोत्साहित गरेको छ।’

‘हामीले यस वर्ष क्यान इन्फोटेक २०२० जस्तो एतिहासीक कार्यक्रम गरेर देखाएका थियौँ,’ उनी भन्छन्, ‘विभिन्न संघ संस्थाहरुसँगको सहकार्यमा क्यान महासंघ पर्साले कोभिड महामारीको समयमा पनि शैक्षिक कार्यक्रमदेखि सूचना प्रविधि क्षेत्रमा लागेका व्यवसायिहरुको हक हितका लागि आवाज उठाउने कामसम्म गरेको छ ।’