कीवर्डहरू -

साइबर ब्यूरोको लोगो दुरुपयोग गरी नक्कली फेसबुक पेज बनाउने एकजना पक्राउ

साइबर ब्यूरोको लोगो दुरुपयोग गरी नक्कली फेसबुक पेज बनाउने एकजना पक्राउ

साइबर ब्यूरोको लोगो दुरुपयोग गरी नक्कली फेसबुक पेज बनाउने व्यक्तिलाई नेपाल प्रहरीले प्रक्राउ गरेको छ ।

कपिलवस्तु वाणगंगा नगरपालिका–२ घर भई हाल रुपेन्देही जिल्ला सैनामैना नगरपालिका–६ बस्ने प्रज्वल पोख्रेललाई साइबर ब्यूरोले प्रक्राउ गरेको हो ।

प्रहरीले उनलाई विद्युतिय कारोबार ऐन २०६३ अन्तर्गत कसुर गरेको आरोपमा प्रक्राउ गरेको हो ।

साइबर ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी नविन्द अर्यालका अनुसार पोख्रेलले उक्त फेसबुक पेज मार्फत सर्वसाधारणसँग कुरा गर्ने र मान्छेहरुलाई साइबर ब्यूरो भोटाहिटी काठमाडौँबाट प्रहरीले कुरा गरेको जस्तो भान हुने गर्दथ्यो ।

उनलाई जिल्ला अदालत काठमाडौँबाट प्रक्राउ अनुमति लिई जिल्ला प्रहरी कार्यालय रुपेन्देहीको सहयोगमा फाल्गुन १३ गते प्रक्राउ गरी थप अनुसन्धान भइरहेको छ ।