कीवर्डहरू -

फाइब्रोले आयोजना गरेको ‘रिभ्याम्प नेपाल’ सकियो, ३०० भन्दा बढी सहभागी

फाइब्रोले आयोजना गरेको ‘रिभ्याम्प नेपाल’ सकियो, ३०० भन्दा बढी सहभागी

फाइब्रोले आयोजना गरेको रिभ्याम्प नेपाल सफलतापूर्वक सम्पन्न भएको छ । कार्यक्रममा करिब ३५० जनाको सहभागिता थियो ।

यो कार्यक्रममा नेपाली आन्ट्ररप्रेनियल इकोसिस्टमका १२ ओटा भेन्चरहरु रहेका थिए । रिभ्याम्प नेपालले कोभिड पछिको नेपाली उद्यम इकोसिस्टमको स्तरलाई विकास गर्ने लक्ष्य लिएको छ ।

यो कार्यक्रमले सहभागीहरुलाई सम्भावित ग्राहक, क्लाईन्ट र साझेदरहरुसँग प्रत्यक्ष रुपमा भेटघाट गरेर कनेक्ट गर्ने मौका दिएको थियो ।

कार्यक्रममा रेड टेल स्टुडियोले गेमिङ कन्सोल दिएको थियो भने मेरो अड्डाले कानूनी परामर्श दिएको थियो । बेस्ट म्याड हनीले आफ्नो प्रडक्ट चाख्न दिएको थियो । फाइब्रो स्टाइल, किताब यात्रा लगायत अन्य भेञ्चरहरुले पनि आफ्ना प्रडक्टमा अफर दिएका थिए ।

यो कार्यक्रमको मल्टिमिडिया पार्टनर आर्टसीयम प्रोडक्सन थियो भने कुल्याबस डटकम एजुकेसन पार्टनर थियो । त्यस्तै मेरो अड्डा डट कम कानूनी पार्टनर थियो । टुटल मोबिलिटी पार्टनर थियो भने माछापुच्छ्रे बैंक बैंकिङ पार्टनर रहेको थियो ।

कार्यक्रमको नलेज पार्टनरमा किङस कलेज, भेन्यू पार्टनर बज क्याफे, पावर्ड बाई पार्टनरमा किताब यात्रा र एसकेलेट नेपाल रहेका थिए ।

यस कार्यक्रममा फुडमारियो, रेड टल स्टुडियो, नजिक्को एक्सप्रेस र हिमालयन खमबुचाले समेत आफ्ना प्रडक्ट प्रदर्शनी गरेका थिए ।