कीवर्डहरू -

वित्तिय संस्थाहरुले सीएसआरको ५ प्रतिशत रकम विद्युतीय कारोबार प्रवर्द्धनमा खर्च गर्नुपर्ने 

वित्तिय संस्थाहरुले सीएसआरको ५ प्रतिशत रकम विद्युतीय कारोबार प्रवर्द्धनमा खर्च गर्नुपर्ने 

अब बैंक तथा वित्तीय संस्थाहरुले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तरगतको ५ प्रतिशत रकम विद्युतीय कारोबार प्रवर्द्धनमा खर्च गर्नुपर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थालाई जारी गरेको एकीकृत निर्देशिकालाई संसोधन गर्दै सामाजिक उत्तरदायित्व कोषमा जम्मा भएको रकमबाट हुने खर्चको बढीमा ५ प्रतिशतसम्म विद्युतीय कारोबार प्रवर्द्धनमा खर्च गर्नुपर्ने व्यवस्था गरेको हो ।

यसअघि नेपाल राष्ट्र बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको ५ प्रतिशत रकम विद्युतीय कारोबार प्रवर्द्धनमा खर्च गर्नुपर्ने व्यवस्था गरेको थिएन् ।

यदी संस्थागत सामाजिक उत्तरदायीत्व अन्तरगतको ५ प्रतिशत रकम विद्युतीय कारोबार प्रवर्द्धनमा खर्च नगरेमा ऐन अनुसार कारबाही हुने उक्त निर्देशिकामा उल्लेख छ ।