विगत ४ दशकदेखि घरायसी सामाग्रीको लागि नेपाली बजारमा आफ्नो प्रभुत्व र ठूलो बजार हिस्सा ओगट्न सफल चौधरी ग्रुपले विभिन्न राष्ट्रिय तथा बहुराष्ट्रिय ब्रान्डको विक्री वितरण गर्दै आइरहेको छ ।
यही आयामलाई निरन्तरता दिँदै सेनसाई ब्रान्ड सन् २०१६ मा उत्पादन गरि बिक्री वितरण गर्न थालेको हो । सुरुवातमा नर्मल टी.भी.बाट नेपाली बजारमा बिक्री वितरण थालेको सेनसाई ब्रान्डले आजको दिनमा आएर टिभी (नर्मल, स्मार्ट, यूएचडी) अडियो स्टिम, चेष्ट फ्रिजर, वासिङ मेसिन, भ्याकुम क्लिनर, रेफ्रिजेरेटरहरु आफ्नो प्रोडक्ट बास्केट बनाउन सफल भएको छ ।
मूल्य रोजेजस्तो प्रोडक्ट खोजेजस्तो ट्याग लाइन रहेको सोनसाई ब्रान्डले हालसालै आफ्नो नयाँ उत्पादन थप्ने क्रममा बर्दियामा आफ्नो क्षेत्रीय सम्मेलन आयोजना गरि ६५ इच्नको फोरके यूएचडी एन्ड्रोइड टिभी सार्वजनिक गरेको छ ।
फोरके युएचडीमा रहेको उक्त टिभी एन्ड्रोइड प्लेटफर्म अन्तरगत रहेको छ । ब्राइट प्यानल, मिराकास्ट तथा वाइफाई जस्ता विशेषता युक्त टिभीमा २ वर्षको वारेन्टी रहेको छ ।
आईसीटी समाचार