कीवर्डहरू -

इन्स्टाग्रामले एउटै लाइभ स्ट्रीममा चार जना सम्मलाई लाइभ जान दिने

इन्स्टाग्रामले एउटै लाइभ स्ट्रीममा चार जना सम्मलाई लाइभ जान दिने

अब इन्स्टाग्रामले एउटै लाइभ स्ट्रीममा चार जना सम्मलाई लाइभ जान दिने भएको छ । यो एक प्रकारको लाइभ रुमको फिचर हो ।

यस फिचरले अन्तर्वार्ता, गीत सेसन या ग्रुप ट्युटोरियल गर्न सहज हुने इन्स्टाग्रामले बताएको छ । यो फिचर मार्च १ देखि रोल आउट हुन सुरु भएको छ भने यो हप्ता भित्र सबै प्रयोगकर्ताले पाउने पनि बताइएको छ।

लकडाउनबाट लाइभ स्ट्रीमको प्रयोग एकदमै बढेको छ । इन्स्टाग्राममा चार घण्टासम्म लाइभ स्ट्रीम गर्न सकिन्छ । यसमा एक दिन पछि लाइभ स्ट्रीम हेर्न लाइभ स्ट्रीमलाई आइजी टिभीमा पनि राख्न सकिन्छ ।

लाइभ स्ट्रीम मार्फत दर्शकहरुले स्ट्रीमरहरुलाई आर्थिक सहयोग पनि गर्न सक्नेछन् र प्रोडक्टहरु पनि किन्न सक्नेछन् ।

यसमा लाइभ रुमको होस्टले कमेन्ट ब्लक या रिपोर्ट गर्न पनि सक्नेछन् ।