कीवर्डहरू -

एक सेकेण्डमा २५४ ट्रिलियन र्याण्डम डिजिट जेनेरेट गर्न सक्ने लेजरको विकास

एक सेकेण्डमा २५४ ट्रिलियन र्याण्डम डिजिट जेनेरेट गर्न सक्ने लेजरको विकास

वैज्ञानिकहरुले कम्प्यूटरमा आधारित र्याण्डम नम्बर जेनेरेटर भन्दा सय गुणा छिटो र्याण्डम डिजिट जेनेरेट गर्न सक्ने लेजर विकास गरेका छन् ।

अन्तर्राष्ट्रिय वैज्ञानिकहरुको एउटा टिमले एक सेकेण्डमा २५४ ट्रिलियन र्याण्डम डिजिट जेनेरेट गर्न सक्ने लेजर विकास गरेकाे हाे ।

र्याण्डम डिजिट क्रिप्टाग्राफीको आधार हो । गूगलको ५३ क्यूबिट क्वान्टम कम्प्यूटरको मद्दतले यो लेजर तयार पारिएको हो ।

र्याण्डम डिजिटको यो नयाँ प्रणालीले धेरै फाइदा गराउन सक्ने छ । यसको स्पीडले गर्दा अन्वेषकहरुलाई आउटपुट रेकर्ड गर्न पनि गाह्रो भएको थियो ।

यसको परिणाम ‘साइन्स’ भन्ने जर्नलमा छापिएको छ । यो प्रणाली नान्याङ प्राविधिक विश्वविद्यालय सिङगापुरमा निर्माण गरिएको थियो ।

यो नान्याङ प्राविधिक विश्वविद्यालय, येल विश्वविद्यालय र ट्रिनीटी कलेज डुब्लीनको संयुक्त सहकार्यमा निर्माण गरिएको हो ।