कीवर्डहरू -

आइसिटी अवार्डका विजेतालाई १५ लाखसम्म सहुलियतपुर्ण ऋण दिदै राष्ट्रिय वाणिज्य बैंक

आइसिटी अवार्डका विजेतालाई १५ लाखसम्म सहुलियतपुर्ण ऋण दिदै राष्ट्रिय वाणिज्य बैंक

राष्ट्रिय वाणिज्य बैंकले आइसिटी अवार्डका विजेतालाई १५ लाख रुपैयाँसम्म सहुलियतपुर्ण कर्जा (ऋण) सुबिधा दिने भएको छ । आइसिटी अवार्डका विजेतासँग भेटघाट गर्दै बैंकले १५ लाख रुपैयाँसम्म सहुलियतपूर्ण ऋण दिनको लागि सहजिकरण गरेको छ ।


बैंकले आइसिटी अवार्डको स्टार्टअप, प्रडक्ट र इन्नोभेसन र राइजिङ स्टुडेन्ट विधिका विजेतालाई बिनाधितो सहुलियपूर्ण ऋण उपलब्ध गराउने भएको हो । गत पुस ११ गते होटल सोल्टी क्राउन प्लाजमा आयोजित हुवावे आइसिटी अवार्ड २०२० को ग्राण्ड फिनालेमा बैंकले सहुलियपूर्ण ऋण सुविधा दिने जनाएको थियो ।


मंगलबार आयोजित एक छलफल कार्यक्रममा आइसिटी अवार्ड २०२० का विजेताहरुले बैंकको ऋण सुविधाको लागि विजनेश आइडिया पेश गरेका थिए । बैंकका सिइओ किरण कुमार श्रेष्ठ, डिसिइओ कविराज जोशी, डिइओ दिवेश प्रसाद लोहनी र आइटी प्रमुख रिको स्थापितको उपस्थितीमा भएको छलफलमा अवार्ड विजेताहरु थप उत्साहित भएका छन ।

\"\"


छलफल कार्यक्रमलाई सम्वोधन गर्दै बैंकका सिइयो श्रेष्ठले स्टार्टअप र उद्यमशिलताको प्रवद्धनको लागि बैंकले निरन्तर काम गरिरहेको बताउनुभयो । आइसिटी अवार्डका विजेतालाई पनि सहुलियतपुर्ण ऋण सुविधा दिन पाएकोमा खुसी व्यक्त गर्दैै स्वदेशमै केहि गर्न चाहनेलाई बैंकले सहयोग गर्ने बताउनुभयो ।


छलफल कार्यक्रमलाई सम्वोधन गर्दै बैंकका सिइयो श्रेष्ठले स्टार्टअप र उद्यमशिलताको प्रवद्धनको लागि बैंकले निरन्तर काम गरिरहेको बताउनुभयो । आइसिटी अवार्डका विजेतालाई पनि सहुलियतपुर्ण ऋण सुविधा दिन पाएकोमा खुसी व्यक्त गर्दैै स्वदेशमै केहि गर्न चाहनेलाई बैंकले सहयोग गर्ने बताउनुभयो ।


छलफल कार्यक्रममा बोल्दै आइसिटी अवार्ड २०२० का जुरी संयोजक शुशिल पोखरेलले बैंक नेपाली उद्यमशिलताको प्रवद्धनको लागि उदाहरणिय भएको भन्दै आगामी दिनमा देशैभरीका इन्नोभेटिभ आइडिया र स्टार्टअपहरुलाई अघि बढाउन अझ प्रयास गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा आइसिटी अवार्डका अध्यक्ष राजन लम्साले बैंकको सहयोग र सहकार्यको लागि धन्यवाद व्यक्त गरेका थिए ।


बैंकका अनुसार अवार्ड विजेता कम्पनीका पुरूष लगानीकर्ताले ऋण लिएमा बिनाधितो १० लाख रुपैयाँ सम्म र महिला लगानीकर्ताले ऋण लिएमा बिनाधितो १५ लाख रुपैयाँ सम्म ऋण प्राप्त गर्नेछन । विजेताले २ प्रतिशतको हाराहारीमा व्याज बुझाएर विजनेश ग्रोथको लागि लगानी गर्न सक्नेछन ।

\"\"
गत पुस ११ गते सोल्टी क्राउन प्लाजामा आइसिटी अवार्डको ग्राण्ड फिनाले सम्पन्न गरेको थियो । सो कार्यक्रममा स्टार्टअप आइसिटी अवार्ड क्रिप्टोजेन नेपाल, प्रडक्ट आइसिटी अवार्ड सीपीएफडीएस, राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड सन्चै छौ र एनसेल इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आइसिटी अवार्ड पाइला इमरजेन्सी रिससीएटरलाई प्रदान गरिएको थियो ।


हुवावे आइसिटी अवार्ड २०२० मा विभिन्न १२ विधामा सर्वोत्कृष्टहरुले अवार्ड प्राप्त गरेका थिए । विभिन्न ४ विधामा भने बैंकले सहुलियतपुर्ण ऋण सुविधा प्रदान गरेको छ । विजेताहरुलाई हुवावे, नेपाल टेलिकम, एनसेल, जिनियस सोलुसजन, इसेवाले पनि विभिन्न सेवा तथा सुविधाहरु प्रदान गरेका छन ।