कीवर्डहरू -

माइक्रोसफ्टको टिम्समा नयाँ फिचर, अब मिटिङमा १० हजार जना सम्म सहभागी हुन सक्ने

माइक्रोसफ्टको टिम्समा नयाँ फिचर, अब मिटिङमा १० हजार जना सम्म सहभागी हुन सक्ने

माइक्रोसफ्टको टिम्समा केही नयाँ फिचरहरु आउने भएका छन् । अहिले पनि धेरै जना भौतिक रुपमा भेट्ने अवस्था नभएकाले टिम्सले यी नयाँ फिचर प्रयोग गरेर आफूलाई अझै शक्तिशाली प्लेटफर्म बनाउने भएको छ ।

अब टिम्समा एकैचोटि १ हजारसँग मिटिङ बस्न मिल्नेछ । त्यस्तै सहभागीहरुले मिटिङ पछि वेबिनार कस्तो भयो भनेर पनि प्रतिक्रिया दिन पाउने छन् ।

टिम्समा अब भ्यूअन्ली ब्रोडकास्ट मोड पनि हुनेछ, जसले १० हजार सहभागी सम्मलाई सपोर्ट गर्नेछ । जुन ३०, २०२१ सम्म यो मोडले २० हजार सहभागीलाई सपोर्ट गर्ने छ ।

कम्पनीले टिम्स कनेक्टको फिचर पनि ल्याउँदैछ जसले गर्दा आफ्नो संस्था भन्दा बाहिरको मान्छेसँग पनि च्यानल सेयर गर्न सकिन्छ ।

माइक्रोसफ्टले पावरपोइन्टलाई पनि टिम्ससँग झनै राम्रो तरीकाले एकीकृत गरिरहेको छ ।

टिम्समा पावरपोइन्ट लाइभको फिचर पनि उपलब्ध भएको छ जसले गर्दा प्रस्तोताले आफ्नो स्पीडमा स्लाइड अगाडि बढाउन सक्नेछन् भने दर्शकहरुले निजी तरीकाले आफू खुशी स्लाइडहरु स्वाइप गर्न सक्छन्।

माइक्रोसफ्ट टिम्सले प्रेजेन्टर मोड पनि राख्ने भएको छ जसले गर्दा प्रस्तोताले दर्शकको स्क्रीन कस्तो देखाउने भनेर कस्टोमाइज गर्न सक्नेछन्।

त्यस्तै सहभागीहरुलाई स्क्रीनको माथि पट्टी ग्यालेरी मोडमा पनि राख्न मिल्ने नयाँ फिचर आएको छ । ठूलो ग्यालेरी मोड र टूगेदर मोड पनि उपलब्ध हुने भएका छन् ।