कीवर्डहरू -

पहिलो खरिदमा चश्माको फ्रेम निःशुल्क दिदै नेत्रकार्ट 

पहिलो खरिदमा चश्माको फ्रेम निःशुल्क दिदै नेत्रकार्ट 

नेत्रकार्ट डटकम ले ‘अब कोही रिसाउने छैन’ अभियान सार्वजनिक गरेको छ । यो अभियान अन्तरगत नेत्रकार्ट डटकमबाट पहिलो खरिदमा चश्माको फ्रेम निःशुल्क पाइने छ भने लेन्सको मात्रै पैसा तिर्नु पर्ने छ ।

नेत्रकार्टमा चश्माका विभिन्न फ्रेमहरु उपलब्ध रहेका छन् । नेत्रकार्टको वेबसाइट वा मोबाइल एप मार्फत आफ्नो अकाउन्ट बनाएर यो सुविधा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

यो अफर चैत १३ गतेसम्म लागु हुनेछ । नेत्रकार्टबाट अप्टिकल वेयर, कन्ट्याक्ट लेन्स, प्रिस्क्रिप्सन चश्मा, सन ग्लास लगायत आँखासँग सम्बन्धित सामग्रीहरु खरिद गर्न सकिन्छ ।

नेत्रकार्टले माग भएअनुसार घरमै गएर आँखाको जाँच समेत गर्नेछ । साथै वेबसाइटमा आँखाको प्रिस्क्रिप्सन समेत अपलोड गरेर सामानहरु खरिद गर्न सकिन्छ ।