त्रिभुवन विश्वविद्यालय सेवा आयाेगले विभिन्न पदका लागि माग गरेकाे आवेदनकाे शुल्क मोबाइलमा खल्ती डिजिटल वालेटबाट भुक्तानी गर्न सकिने भएकाे छ । आयाेगले ठूलाे संख्यामा कर्मचारीका लागि आवेदन माग गरेकाे छ ।
त्रिभुवन विश्वविद्यालय सेवा आयाेगले प्रकाशन गरेकाे विज्ञापनमा आयाेगकाे वेबसाइटबाट अनलाईन आवेदन दिन सकिन्छ । अनलाइनमार्फत आवेदन फाराम भरेपछि शुल्क भुक्तानीकाे विकल्पमा खल्ती डिजिटल वालेट छनाैट गर्नुपर्छ ।
खल्ती छनाैट गरेपछि आफ्नाे युजरनेम र पासवर्ड हालेर लग-इन गरेपछि ताेकिएकाे शुल्क भुक्तानी खल्तीबाट गर्न सकिन्छ । त्रिभुवन विश्वविद्यालय सेवा आयाेगले प्राध्यापक, सह-प्राध्यापक, तथा उप-प्राध्यापक पदमा खुला र आन्तरिक प्रतियोगिताको लागि आवेदन आह्वान गरेकाे हो ।
खल्ती डिजिटल वालेट नेपालको लाेकप्रिय पेमेन्ट गेटवे हो जसको उद्देश्य प्रयोगकर्ताको समय बचत गरी भुक्तानी र बैंकिंग कारोबार सहज साथै सरल गर्नु हो ।
'खल्ती' वालेटको प्रयोग गरी ६० बढी बैंकमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्स को टिकट खरिद, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ ।
साथमा भुक्तानीमा पाइने क्यासब्याकको फाइदा उठाई रकम बचत गर्न पनि सकिन्छ। 'खल्ती'का प्रयोगकर्ताहरुको संख्या १४ लाखभन्दा बढि छन् ।